Logo

चीनको इन्टरनेटले बढायो प्रतिस्पर्धी क्षमता, रसुवागढी नाकामा २ वटा फाइवर विच्छ्याउँदै टेलिकम

चीनको इन्टरनेटले बढायो प्रतिस्पर्धी क्षमता, रसुवागढी नाकामा २ वटा फाइवर विच्छ्याउँदै टेलिकम



काठमाडौं । नेपाल टेलिकमले रसुवागढी नाकाहुँदै चीनबाट इन्टरनेट ल्याएसँगै प्रतिस्पर्धी क्षमता बढाएको छ । उक्त गेटवे प्रयोग गरेर इन्टरनेट ल्याएसँगै उपभोक्तालाई सस्तो दररेटमा इन्टरनेट सेवा उपलब्ध गराउन सकिएको टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले जानकारी दिईन् ।

टेलिकमले चीनको गेटवे प्रयोग गरेर इन्टरनेट सेवा नेपाल भित्र्याएसँगै मूल्यमा प्रतिस्पर्धा भएको छ । सोही अनुरुप टेलिकमले आफ्ना ग्राहकहरु सस्तो मूल्यमा उच्च गतिको इन्टरनेट सेवा उपलब्ध गराउन सकेको हो । यसअघि नेपालले भारतीय गेटवे प्रयोग गरेर मात्रै इन्टरनेट ल्याउँदै आएको थियो । सोसँगै इन्टरनेटमा भारतीय एकाधिकार तोडिएको थियो ।

पछिल्लो समय टेलिकमले एडीएसएल सेवा शुल्कमा व्यापक कटौती गर्दै बार्षिक शुल्क एकैपटक तिर्दा मासिक ५ सय ८३ रुपैयाँमा ५ एमवीपीएस स्पिडको अनलिमिटेल डाटा उपलब्ध गराएको छ । न्युन शुल्कमा बढि क्षमताको इन्टरनेट सेवा प्रदान गर्न सक्नुमा चीनबाट ल्याइएको इन्टरनेट मुख्य कारण भएको टेलिकमको दावी छ । सोही अनुरुप टेलिकमले ग्राहकलाई प्रदान गर्ने इन्टरनेट स्पिड पनि १ एमबीपीएसबाट ५ एमबीपीएस पुयाएको छ ।

यसैगरी टेलिकमले सो नाकाबाट २ वटा फाइवर लाईन विच्छ्याएर इन्टरनेट ल्याउने भएको छ । हाल एउटामात्र फाइबरबाट इन्टरनेट ल्याइरहेकोमा आगामी दिनमा थप अर्को पनि फाइवर राखेर इन्टरनेट ल्याउने तयारी गरिएको राजभण्डारीले जानकारी दिइन् । ‘एउटामात्र फाइबरबाट इन्टरनेट ल्याउँदा कुनै पनि समयका समस्या आउने भएकाले थप अर्को लाईन पनि ल्याउन फाइल अगाडि बढाएका छौं,’ उनले भनिन्, ‘केही समयभित्रै आफैले वा अन्य कम्पनीमार्फत अर्को फाइबर पनि बिच्छ्याउने छौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL