Logo

पुनर्निर्माणलाई तीब्रता दिन प्रदेश सरकारसँग सहकार्य गर्दै प्राधिकरण, ४६ प्रतिशत भुकम्प पीडित अझै टहरामा

पुनर्निर्माणलाई तीब्रता दिन प्रदेश सरकारसँग सहकार्य गर्दै प्राधिकरण, ४६ प्रतिशत भुकम्प पीडित अझै टहरामा



काठमाडौं । भुकम्प गएको झण्डै ३ वर्ष वित्दा पनि ४६ प्रतिशत भन्दा बढी पीडित अझै टहरामा बस्न बाध्य छन ।

हेटौडामा गत शुक्रबार भएको प्रदेशस्तरीय अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्निर्माणको कामलाई अझै तीव्रता दिन प्राधिकरण र प्रदेश सरकारबीच समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएको छ । पौडेलले भने ‘भूकम्प पीडितको व्यवस्थाको जिम्मा प्रदेश सरकारलाई दिए स्थानीय तहलाई परिचालन गरेर तीव्र रुपमा प्रगति हासिल गर्न सकिन्छ ।’

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुन निर्माणलाई तिब्रता दिन प्रदेश सरकारसँग सहकार्य गरेर अघि बढ्ने तर प्रदेश सरकारमा तह थप्दै नजाने प्राधिकरणका सह प्रवक्ता भीष्मकुमार भुसालले बताएका छन । ‘हामी टहरामा बस्ने भुकम्प पीडितको संख्या घटाउँदै ओरालो तर्फ लागि सक्यौं,’ उनले भने, ‘५४ प्रतिशत पीडितले निजी आवास पुन निर्माणको काम सकेर आफ्नै घरमा बस्न थालेको छ ।’

भूसालका अनुसार बैंक तथा वित्तिय संस्थाहरुले अनुदान र ऋण प्रवाह गर्ने बिषयमा भने अनुसार काम नगरेका कारण समस्या आएको भन्दै यसलाई सुधार गर्न राष्ट्र बैंकसँग निरन्तर छलफल गरिरहेको जानकारी दिएका छन ।

प्रदेश नम्बर ३ का आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेलले वित्तीय संस्थाले स्थानीय तहमा गएर सेवा नदिएको तथा ऋण र अनुदान वितरणमा बैंकहरुले भूकम्पपीडितलाई अनावश्यक दुःख दिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL