Logo

निजीकरण गरेर नचलाइएका उद्योग पुनः राष्ट्रियकरण गरिने, रिपोर्ट तयार गर्दै सरकार

निजीकरण गरेर नचलाइएका उद्योग पुनः राष्ट्रियकरण गरिने, रिपोर्ट तयार गर्दै सरकार


रासस
0
Shares

चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादवले यस अघिका सरकारले निजीकरण गरेका तर नचलाइएका उद्योग पुनः राष्ट्रियकरण गरिने बताएका छन् । ‘निजीकरण भएर चलिरहेका उद्योगलाई भने सरकारले सहयोग गर्नेछ,’ उनले भने, ‘तर, निजीकरण गरेर भौतिक सम्पती मात्र हडपेर बसेका उद्योग सरकारले पुनः राष्ट्रियकरण गर्नेछ ।’

उनका अनुसार हाल सरकारले निजी क्षेत्रलाई दिएको उद्योग कलकारखानाको रिपोर्ट तयार पर्ने काम भइरहेको छ । रिपोर्ट आए लगत्तै उजले निजीकरण गरेर लिएका उद्योगहरु चलाएको छैन तिनीहरुको बारेमा ठोस निर्णय गर्दै राष्ट्रियकरण गरिने उनको उद्घोष थियो । सरकारले निजीकरण गरेका हरिसिद्धी इट्टा तथा टायल उद्योग, बासबारी छाला जुत्ता, विरगञ्ज चिनी कारखाना, भृकुटी कागजलगायतका उद्योगहरु हाल बन्द अबस्थामा रहेका छन् ।

सरकारले निजीकरण गरेका कतिपय उद्योग चलाउन भन्दा पनि व्यापार भइरहेको भन्दै साइनबोड झुड्याउने, त्यसको नाममा व्यापार गर्ने बढेको उनको तर्क थियो । ‘ विगतमा राष्ट्रिय उद्योग कलकारखाना बेचेर खाने प्रचलन बढेको थियो,’ उनले भने, ‘नेताले कमिशनको नाममा बेच्ने चलन बढेको थियो ।’ खुला बजार र निजीकरण, उदारीकरणको गलत प्रयोग भएको भन्दै उनले धरातलमा टेकेर प्रयोग नभएको दाबी गरे ।
सरकारी सम्पती देखेपछि जसले पनि लुट्न खोज्ने प्रबृतिले गर्दा देशमा उद्योग कलकारखाना फस्टाउन नसकेको यादवले जानकारी दिए ।

सरकारले अबका दिनमा केही नयाँ उद्योग सुरु गर्ने बताउँदै त्यसमा आम जनता र विदेशीको पनि लगानी हुने उनको उद्घोष थियो ।
सरकारले निकट भविष्यमै फलाम उद्योग सुरु गर्ने भन्दै अन्य उद्योग क्रमश थप्दै लगिने बताए । सरकारले अब देशमा नयाँ उद्योग कलकारखाना स्थापनालाई बढावा दिँदै सोही मात्रामा रोजगारी सिर्जना गरिने समेत उनको दावी थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL