Logo

कसरी भित्र्याउने १५ लाख पर्यटक ? यसो भन्छन् सरोकारवाला

कसरी भित्र्याउने १५ लाख पर्यटक ? यसो भन्छन् सरोकारवाला



काठमाडौ । सरकारले आगामी २०२० लाई पर्यटन वर्ष घोषणासँगै नेपालमा १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ ।

सरकारले आफ्नो लक्ष्य भेटाउन अवधारण पत्र स्वीकृत गर्दै मुल आयोजक समिति गठन गरी काम अगाडि बढाईरहेको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले बताएका छन । सरकारले २०१८ लाई सूरुवाती वर्षको रुपमा काम गर्ने, २०१९ मा मुल अभियान चलाउने लक्ष्य सहित काम भइरहेको प्रवक्ता उपाध्यायले बताएका हुन ।

उनका अनुसार पर्यटक जाने मुख्य गन्तब्य पोखरा र चितवनलाई मध्य नजर गर्दै नारायणगढ मुग्लिन सडक खण्डको काम सम्पन्न गर्ने, मुख्य आयोजनाको रुपमा हेरिएको लुम्बिनी गौतमबुद्ध विमान स्थलको कामलाई तीब्रता दिने ठुला होटलहरुमा लगानी गर्ने रहेको छ ।

तर, बिना भौतिकपूर्वधार १५ लाख पर्यटक भित्र्याउन सहज नभएको पर्यटनसँग सम्वद्ध विज्ञहरु बताउँछन । सरकारले लक्ष्य भेटाउन भौतिकपूर्वधारलाइ बिषेश ध्यान दिनु पर्ने बिज्ञहरुको सुझाव छ ।

होटल एशोसिएशन नेपाल (हान) का महासचिव बिनायक शाहले भने सरकारको लक्ष्य अनुरुप पर्यटक भित्र्याउन चाइना र भारतबाट ल्याउन सकिने बताउँछन् । भएका समस्यालाई तत्काल समधान गर्न नसके पनि समस्यालाई न्युनिकरण गर्दै नेपाल जान पाइएन भने मैले केही छुटाउँछु भन्ने मनसाय बनाउने गरी मार्केटिङ गर्नु पर्ने उनको सुझाव छ । ‘पर्यटन क्षेत्रको अथाह सम्भावना बोकेको नेपाललाई १५ लाख पर्यटक ल्याउन र बस्न ठूला होटलको कुनै समस्या छैन,’ उनले भने, ‘तर पर्यटन क्षेत्रको पहिचान गरी अडियो भिडियो बनाई प्रचार प्रसारमा ल्याउन ढिला गर्न भने हुँदैन ।’

पर्यटन बर्ष २०२० लाई सफल बनाउन सरकार सँगसँगै पर्यटनको क्षेत्रमा काम गर्ने संस्थाहरु पनि लागि परेका छन । होटल एशोसिएशन नेपाल (हान) ले पर्यटन वर्ष सफल बनाउन बिभिन्न कार्यक्रमहरु गर्दै आएका छन । हानले यही बैशाख २४ गते नेपाल पर्यटन बोर्ड लगायतको सहभागितामा नेपाली खानालाई बिश्वब्यापी करण गर्न र बिभिन्न सञ्चारको माध्यमबाट प्रचार प्रसार गर्ने भएको छ ।

२०२० लाई लक्षित गर्दै नेपालको विषयमा प्रचार प्रसार गर्ने, विदेशमा रहेका ट्राभलस एशोसिएशनहरु सँग छलफल गर्ने गरेको हानका सुचना अधिकारी लब कार्कीले बताए । ‘नेपालमा १५ लाख पर्यटक ल्याउनु नौलो भने होईन तर हालको अवस्थामा रहने हो भने असम्भव पनि छ,’ उनले भने, ‘विमानस्थलको सुधार गरि नेपाल बायुसेवा निगमले जहाजहरु थप्नु पर्ने, ट्रान्जिट नभइ एक देश बाट अर्को देशमा सिधा उडान गर्ने हो भने १५ लाख पर्यटक ल्याउन सकिन्छ ।’

नेपाल पर्यटन बोर्डका प्रमुखकार्यकारी अधिकृत दिपकराज जोशीले भने १५ लाख पर्यटक भित्र्याउन धेरै चुनौतीहरु रहेको बताएका छन । नेपालममा भौतिक पूर्वधार न्युन रहेकाले पनि भने जति पर्यटक ल्याउन नसकिने उनको तर्क रहेको छ । तर चुनौतीका बाबजुत पनि उक्त लक्ष्य भेटाउन बोर्डले द्वूत गतिमा मार्केटिङ गर्दै आईरहेको प्रमुखकार्यकारी जोशीले बताएका छन । जोसीका अनुसार सिजनमा मात्र नभई अफसिजनमा पनि पर्यटकलाई नेपाल ल्याउन बोर्ड लागि परेको बताए ।

१५ लाख पर्यटक भित्र्याउन र पर्यटन बर्ष सफल पार्न निजगढ, पोखरा तथा भैरहवा विमानस्थलको कामलाई द्रुत गतिमा अगाडी लानु पर्ने टे«किङ एजेन्सीज एशोसियशन अफ नेपाल (टान) का महासचिब आङपेम्बा शेर्पाको भनाई रहेको छ । लक्ष्य भेटाउनकै लागि भए पनि यूरोप अमेरिका लगायतका बिभिन्न देशमा हुने पर्यटन प्रवद्धनको कार्यक्रममा भाग लिने र नेपालको ट्रेकिङ, पर्वतारोहण, र्याफटिङ, जंगल सफारी लगायतका विषयमा जानकारी दिने काम टानले गर्दै आइरहेका छन ।

पर्यटक पदमार्गहरुको विकाश तथा मर्मत समेत गर्दै आएको टानले अन्तरराष्ट्रिय मिडियाहरुमा प्रचार गर्ने गरेको समेत महासचिब शेर्पाले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL