Logo

राष्ट्रसङ्घ महासभाको सम्मेलन समितीको अध्यक्षमा नेपाल

राष्ट्रसङ्घ महासभाको सम्मेलन समितीको अध्यक्षमा नेपाल



काठमाडौं । संयुक्त राष्ट्रसङ्घको महासभा अन्तर्गत रहने सम्मेलन समितीको अध्यक्षमा नेपाल निर्वाचित भएको छ । यो महासभाको नियमित समिती पनि हो । यसअघि समितीको उपाध्यक्ष रहेको नेपाल सन् २०१८ का लागि अध्यक्षमा निर्वाचित भएको हो ।

समितीमा २१ देश सदस्य छन् । हङ्गेरी, गुएना र संयुक्त राज्य अमेरिकाका प्रतिनिधि समितीको उपाध्यक्षमा निर्वाचित भएका छन् ।

नेपाल विगतमा एसिया प्रशान्त क्षेत्रको प्रतिनिधित्व गर्दै यस समितीमा सदस्य रहँदै आएको थियो । नेपालको तर्फबाट डेपुटी स्थायी प्रतिनिधि निर्मलराज काफ्लेले समितीको अध्यक्षता ग्रहण गर्नेछन् ।

यो समिती सन् १९७४ को १८ डिसेम्बरमा स्थापना गरिएको थियो । समितीले राष्ट्रसङघख महासभालाई विभिन्न सम्मेलन आयोजना तथा महासचिवलाई समेत सुझाव उपलब्ध गराउँछ । समितीले हरेक वर्ष महासभालाई प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
MBL