Logo

बंगलादेशबाट काठमाडौंका लागि छुट्यो बस, धुलिखेलमा स्वागत

बंगलादेशबाट काठमाडौंका लागि छुट्यो बस, धुलिखेलमा स्वागत


बिजखबर संवाददाता
3.3k
Shares

काठमाडौं । नेपाल र बंगलादेशबीच सीधा बस सेवा संचालनमा आएको छ । बंगलादेश, भारतर र नेपाल देशबीच बस सेवा संचालनका लागि आजबाट परीक्षणको रुपमा बंगलादेशको ढाकाबाट नेपाल बस प्रस्थान गरेको छ ।

बंगलादेश, भुटान, भारत, नेपाल (बिबिआइएन) यातायात सम्झौता अनुरुप आज विहानबाट त्रिदेशीय अन्तरराष्ट्रिय बस सेवा संचालनको परीक्षण सुरु गरिएको हो । आज बंगलादेशको ढाकाबाट छिुटेको २ वटा बसले ३ देशका ३० जना सरकारी अधिकारीहरुलाई लिएर नेपाल आउने छ ।

ढाकाबाट हिडेको सो बस आजै साझ बंगलादेश र भारतको सीमामा आईपुग्नेछ । मंगलबार भारतको सिलिगुडी र बुधबार नेपाल आईपुग्ने छ । साथै बसलाई बिहीबार काभ्रेको धुलीखेलमा स्वाग गर्ने कार्यक्रम रहेको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ ।

बंगलादेश, भुटान, भारत र नेपाललाई यातायात कनेक्टिभिटीबाट जोड्न रुट सर्भे तथा सवारी परीक्षणका लागि आज बंगलादेशको ढाकाबाट नेपालका लागि बस छुटेको हो । तर, यी देशहरुबीच नियमित बस संचालनका लागि भने अझै समय लाग्नेछ ।
यसरी चल्ने बसको रुट ढाका–बंगलाबन्धु–सिलिगुडी, काँकडभिट्टा हुँदै काठमाडौं सम्म आईपुग्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL