Logo

मेलम्चीपछि यांग्री लार्के खोलाको पानी काठमाडौंमा, जग्गा प्राप्तिको काम सुरु

मेलम्चीपछि यांग्री लार्के खोलाको पानी काठमाडौंमा, जग्गा प्राप्तिको काम सुरु



काठमाडौं । मेलम्ची खानेपानी काठमाडौं ल्याउने योजनाको काम करिब अन्तिम चरणमा पुगेको अवस्थामा सरकारले यांग्री खोला आयोजना पनि अघि बढाउने प्रक्रिया सुरु गरेको छ । मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको रुपमा रहेको यांग्री लार्के आयोजनाको लागि प्रस्तावित सुरुङ मार्ग, हेडवक्स, क्याम्पसाइट, माटो थुपार्ने जस्ता काम लागि जग्गा प्राप्तिको काम सुरु भएको हो ।

यसै अनुसार जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले साविकका थांगपालधाप, थांगपालकोट, भोताङ र वरुवा गाविस(हाल पाँचपोखरी थांगपाल गाउँपालिका)का विभिन्न वडामा पर्ने जग्गाको मुआब्जा दाबी गर्न स्थानीयबाट निवेदन आह्वान माग गरेको छ ।

प्रभावित स्थानीयले आफ्नो जग्गासहित रुख बिरुवा,बालीनाली, गोठटहरासहितका संरचनाको मुआब्जा दाबी गर्न बैशाख २५ गतेभित्र निस्सासहितको निवेदन आयोजनाको कार्यालयमा उपलब्ध गराउनुपर्नेछ । समयावधिभित्र निवेदन नदिएको अवस्थामा पछि कुनै उजुर नलाग्ने जानकारी पनि प्रशासन कार्यालयले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL