Logo

अर्थमन्त्रीले भने, ५ सय र हजारका भारु सचिव स्तरीय बैंठकबाट साटिनेछ

अर्थमन्त्रीले भने, ५ सय र हजारका भारु सचिव स्तरीय बैंठकबाट साटिनेछ



काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले लामो समयदेखि अन्यौलमा रहेको ५ सय १ हजार रुपैयाँका भारु नोट सटही गरिने बताएका छन् । उनले वीरगञ्ज उद्योग वाणिज्य संघको सहजीकरण तथा अर्थ मन्त्रालयको राजस्व परामर्श समितिद्वारा राजस्व नीति तथा कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन् ।

हाल खोस्टा भएका पुराना भारतीय रुपैयाँका विषयमा नेपाल–भारत बैठकमा कुरा उठाइ समस्या समाधानका लागि पहल गरिने उनको भनाई थियो ।

भारत सरकारले ३० डिसेम्बर २०१६ मा ५ सय र १ हजार रुपैयाँका भारु नोटमा प्रतिबन्ध लगाएसँगै नेपालमा करिब १५ अर्ब रुपैयाँ त्यतिकै थन्किएर बसेको सम्बद्ध व्यवसायीहरुले बताउँदै आएका छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार बैंकिङ प्रणालीमा ३ करोड ६० लाख ९० हजार भारु छ । तर, बैंकिङ प्रणालीभन्दा बाहिर ठूलो मात्रामा भारु रहेको सम्बद्ध सरोकारवालाहरुको भनाइ छ ।

भारु सटही सुविधा मिलाउने सम्बन्धमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर सिवाकोटीको अध्यक्षता एक कमिटि समेत गठन भएको थियो । सो कमिटिले भारु सटहीका लागि भारत सरकारलाई डिक्लेरेशन फारम बुझाएपनि सो सम्बन्धमा कुनै प्रतिक्रिया आएको छैन ।

तर, यहि अप्रील २४ तारिखदेखि हुने नेपाल भारत सचिव स्तरीय बैंठकमा उक्त भारु सटहीलाई प्राथमिकताका साथ उठाईने अर्थमन्त्री डा. खतिवडाले जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL