Logo

आर्टिफिसियल इन्टेलिजेन्स अबको उद्धारकर्ता : गुगलका सिईओको लेख

आर्टिफिसियल इन्टेलिजेन्स अबको उद्धारकर्ता : गुगलका सिईओको लेख



आर्टिफिसियल इन्टेलिजेन्स (एआई) चौथो औद्योगिक क्रान्तीको एक महत्वपुर्ण पक्ष या आधार हो । हालै स्विजरल्यान्डको डावोसमा सम्पन्न वल्र्ड इकोनोमिक फोरमको बार्षिक गोष्ठीमा गुगलका प्रमुख कार्यकारी अधिकृत सुन्दर पिसाइले आर्टिफिसियल इन्टेलिजेन्स मानिसको उद्धारकर्ता हुने बताएका छन । उनले भने ‘यो सम्भवत : मानिसले कहिल्यै गर्न नसक्ने काम गर्नका लागि महत्वपुर्ण वस्तु हुनसक्दछ । मलाइ लाग्छ यो आगो र विजुलीभन्दा पनि धेरै गुणा गहिरो र अति उपयोगी छ ।’

उनका अनुसार तपाइ जतिखेरै पनि प्रविधिसँग काम गर्नुहुन्छ, र योससँग काम गर्दा अप्ठ्यारा काममा कसरी फाइदा लिन सकिन्छ जान्न जरुरी छ । केहि विज्ञहरु, विशेष गरी स्टेफेन हकिङले एआइले मानव जातीलाई अन्त्यतिर धकेल्ने चेतावनी दिएका छन । पीसाइ आशावादी थिए । उनले भने प्रविधिले हाम्रा सामु आएका विभिन्न बाधा व्यबधानहरुको अन्त्य गर्ने काम गर्दछ, यसले सफा, सस्तो र विश्वसनीय उर्जा उत्पादन गर्न पनि सहयोग गर्दछ । पीसाइ भारतमा हुर्केका थिए ।

उनका अनुसार ‘मसँग फोन थिएन । फोनको लागि ५ बर्ष कुर्नुपर्याे, हामीले टेलिफोन पायौँ, यसले हाम्रो जीबनलाइ पुर्णरुपमा परिवर्तत गरिदियो ।’ म सम्झिन्छु, प्रविधिले ल्याएको आनन्द र म सोच्छु यो एक दिन साँचो हुनेछ । यसले हामीलाइ हाम्रो विश्वसंगै डोरीन मद्धत पुर्याउनेछ । यसका चुनौतीहरु महत्वपुर्ण छन । उनले जोडे सो चुनौतीहरुलाइ व्यवस्थीत गर्न पेरिसलाई जलवायु सम्झौताको मापदण्डमा अन्तरराष्ट्रिय सहयोगको लागि बोलाइएको थियो । उनले थपे विश्वले एआइलाई अगाडी बढाउनु जरुरी छ । साथै सवै देशले यसको एउटै लक्ष्य लिएर अगाडी बढ्नु पर्दछ । गुगलले हालैै चीन र फ्रान्समा अनुसन्धान केन्द्र खोल्ने घोषणा गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL