Logo

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको मालिण्दो एअरको जहाज पार्किङमा लगियो, अन्तराष्ट्रिय उडान सुचारु

त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको मालिण्दो एअरको जहाज पार्किङमा लगियो, अन्तराष्ट्रिय उडान सुचारु



काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा दुर्घटना भएको विमान पार्किङ स्थलमा लगिएको छ ।

उक्त विमानलाई नेपाल प्रहरी, आर्मी लगायतको टोलीले लामो प्रयास पछि शुक्रबार विहान पार्किङ स्थलमा ल्याएको हो ।
मालिण्दो एअरको बोईङ ७३७ ९ सय सिरिजको ल्फाईट नं. ९ एम–एलएनजे विमान मलेसियाको क्वालालम्पूर तर्फ उडानको क्रममा गए राती दुर्घटना भएको थियो ।

ब्रेक लगाउने क्रममा गए राती दुर्घटना भएको विमान टेक अफ गर्दा ओभर रन भई ०२ धावनमार्गबाट चिप्लीएर रनवेबाट करिब ४० मिटर पर घाँसे मैदानमा पुगेको महा प्रवन्धक राज कुमार क्षेत्रीले जानकारी दिएका छन ।

विमानमा चालक दल सहित १३९ जना रहेको उक्त विमानमा खासै क्षेती नभएको क्षेत्रीले बताएका छन ।
उक्त विमानलाई पार्किङ स्थलमा ल्याए लगतै विमान स्थलमा अन्तराष्ट्रिय उडान सुरु भएको प्रवक्ता प्रेम नाथ ठाकुरले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL