Logo

६ वायुसेवा कम्पनीलाई नागरिक उड्डयनको उन्मुक्ति, ४१ करोड ६८ लाख राजस्व छली

६ वायुसेवा कम्पनीलाई नागरिक उड्डयनको उन्मुक्ति, ४१ करोड ६८ लाख राजस्व छली



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले वायुसेवा कम्पनीलाई नविकरण गर्नु पर्ने दायित्वबाट उन्मुक्ति दिएको छ ।

बिभिन्न वायूसेवा कम्पनीले सरकारलाई बुझाउनु पर्ने ४१ करोड ६८ लाख रुपैंया कर अझै नबुझाएको महालेखाको प्रतिवेदनले देखाएको छ । उक्त रकम नउठेको र तत्काल उठाउन महालेखाले निर्देशन दिएको छ ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट उडान भर्दा नेपालबाट अन्य मुलुकमा जाने यात्रुहरुको ओसारपसार सम्बन्धित वायुसेवा कम्पनीले ५ प्रतिशतले कर बुझाउनु पर्ने भए पनि आझै नबुझाएको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

त्यस्तै नेपालबाट अर्को विदेशी मुलुकमा पुग्ने गरी प्रस्थान नहुने हवाई यातायातमा २ प्रतिशतका दरले कर लाग्ने व्यवस्था भए पनि एयरलाइन्सहरुले कानुनको वेवास्ता गर्दै सरकारलाई बुझाउनु पर्ने कर नबुझाएको प्रतिवेदनमा उल्लेख गरेको छ ।

उडान गर्ने एयरलाइन्सहरुले यात्रुको संख्या अनुसार कर बुझउनु पर्नेछ । महालेखाको प्रतिवेदन अनुसार ६ वटा एयरलाइन्सहरुले ४१ करोड ६८ लाख रुपैंया राजस्व बुझाउन बाँकी रहेको छ । लेखापरीक्षणको अनुगमनमा परेका ६ एयरलाइन्सले सरकारलाई दिनु पर्ने उक्त छुट राजस्व रकम तत्काल बुझाउन समेत निर्देशन दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL