Logo

नयाँ पुनर्बीमा र ब्रोकिङ कम्पनी आउँदै, कम्पनी रजिष्टारमा भयो दर्ता

नयाँ पुनर्बीमा र ब्रोकिङ कम्पनी आउँदै, कम्पनी रजिष्टारमा भयो दर्ता



काठमाडौं । नयाँ पुर्नबीमा कम्पनी संचालनमा आउने भएको छ । यस अघि सरकारी स्वामित्वमा पुर्न बीमा कम्पनी संचालनमा ल्याइएकोमा अबमा दिनमा निजी क्षेत्रबाटै नयाँ पुर्न बीमा कम्पनी संचालनमा ल्याउने गरी प्रक्रिया अघि बढाइएको हो ।

नयाँ पुर्नबीमा कम्पनी संचालनमा ल्याउनका लागि कम्पनी रजिष्टारको कार्यालयबाट दर्ता प्रक्रिया अघि बढाइएको उक्त कम्पनीका अध्यक्ष शंकर पाण्डेले जानकारी दिए । ‘हामीले पुर्नबीमा र इन्स्योरेन्स ब्रोकिङ दुबै काम गर्ने उद्देश्य सहित कम्पनी रजिष्टारको कार्यालयमा कम्पनी दर्ता गरेका छौं,’ उनले भने, ‘नेपालमा नयाँ पुर्नबीमा कम्पनी र इन्स्योरेन्स ब्रोकिङ्को लाइसेन्स लिनका लागि कानुनी अड्चन भएकाले थप प्रक्रिया अघि बढ्न सकेको छैन ।’ पश्मिान उद्योगी पाण्डेसँग यस अघि नेपाल उद्योग बाणिज्य महासंघको बैंक वित्त तथा बीमा समितिको सभापति भएर काम गरेको अनुभव समेत रहेको छ ।

सो सम्बन्धी कानुन आएसँगै लाइसेन्स लिएर काम अघि बढाउने समेत उनले जानकरी दिए । ‘हामीले नेपाली बीमा कम्पनीको विदेशमा पुर्न बीमा तथा ठूला आयोजनाहरुको इन्स्योरेन्स गराउने लक्ष्य सहित पुर्न बीमा र ब्रोकिङको काम गर्न नयाँ कम्पनी संचालनमा ल्याउन लागेका हौं,’ उनले भने, ‘हाल नेपालमा उक्त कम्पनी खोल्नका लागि कानुन नभएकाले त्यतिकै रोकिएको छ ।’ उक्त व्यवस्था गर्नका लागि कानुन संसोधनको प्रक्रियामा रहेको र कानुन बनेर आएसँगै लाईसेन्स लिएर काम अघि बढाइने समेत उनले जानकारी दिए ।

यसैगरी नेपाल संचालित ठूला आयोजनालाई इन्स्योरेन्स सम्बन्धी परामर्श र विदेशी कम्पनीमा इन्स्योरेन्स गराउनका लागि ब्रोकिङको समेत काम गर्ने उनले जानकारी दिए । विशेषगरी ठूला कर्पोरेट हाउस, जलविद्युत आयोजना, ठूला पूर्वाधार निर्माणजस्ता क्षेत्रमा सो कम्पनीले परामर्श र इन्स्योरेन्स ब्रोकिङको काम गर्ने समेत उनले जानकारी दिए ।

यता नियामक निकायले बीमा समितिले भने तत्कालका लागि नयाँ पुर्नबीमा कम्पनी र ब्रोकिङ कम्पनीको लाइसेन्स दिन सकिने बताएको छ । हाल सो सम्बन्धी कानुन र समितिले पनि लाइसेन्स खुला नगरेको बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले जानकारी दिए । ‘अहिले लाइसेन्स दिनका लागि हामीले खुला गरेका छैनौं,’ उनले भने, ‘त्यस सम्बन्धी स्पष्ट कानुन र मापदण्ड तयार भएपछि मात्रै लाइसेन्स दिन सकिनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL