Logo

असोजबाट कालिञ्चोक मन्दिरमा केबलकार, २ घण्टाको यात्रा अब ४ मिनेटमा, ४० करोड लगानी

असोजबाट कालिञ्चोक मन्दिरमा केबलकार, २ घण्टाको यात्रा अब ४ मिनेटमा, ४० करोड लगानी



काठमाडौं । दोलखामा असोजदेखि केबलकार संचालनमा आउने भएको छ । दोलखाको कालिञ्चोक मन्दिरसम्म पुग्ने केबलकारको निर्माण कार्य ७५ प्रतिशत सम्पन्न भएको छ ।

निर्माणको करिब ७५ प्रतिशत कार्य सकिएको बताउँदै सञ्चालक बालकृष्ण शिवाकोटीले आउँदो दशैंमा भक्तजनको चापलाई मध्य नजर गर्दै केबलकार सञ्चालनमा ल्याउने बताएका छन ।

कालीञ्चोक दर्शन लिमिटेडले वैशाखबाट केबलकार सञ्चालनमा ल्याउने बताएको थियो । तर, सरकारले खाँडीचौरदेखि चरीकोटसम्मको सडक खण्डको स्तरोन्नती गर्ने भन्दै बाटो खने पछि सामान ढुवानीमा समस्या आएको सञ्चालक शिवाकाटीले बताए । बाटोको अवस्था बिग्रीए पछि सामान ल्याउन कठिनाई हुँदा समयसँगै आर्थिक भार पनि थपिएको शिवाकोटीले जानकारी दिएका छन ।

निर्माणकार्यमा मौसम प्रतिकुल भएकाले पनि केही ढिला हुन पुगेको कम्पनीले जानकारी दिएको छ । चैत देखि असिना पानीले गर्दा काममा बाधा आए पनि अहोरात्र खटेर समयमै काम सकिने कम्पनीको दाबी रहेको छ ।

स्वीस प्रविधिमा निर्माण गरिएको केबलकारका लागि आवश्यक सामग्री नेपाल भित्रीसकेको भए पनि सामान बोकेका ३÷४ वटा गाडी ण्झै बाटोनै रहेको शिवाकोटीले जानकारी दिए ।

आयोजनाको कुल अनुमानि लागत ३५ करोड रुपैयाँ रहेको थियो । तर बिभिन्न समस्याले गर्दा आयोजनाको लागत बढेर करिब ४० करोड रुपैयाँ पुग्ने सम्भावना देखिएको छ । सम्भवत ४० करोड रुपैंयामा नै आयोजना सम्पन्न गर्न सकिने शिवाकोटीले जानकारी दिएका छन ।
करिब ३ हजार ८ सय मिटर उचाइमा रहेको मन्दिरसम्म पुग्न दोलखाको कुरी बजार देखि पैदल यात्रामा १ देखि २ घण्टा लाग्ने बाटो केबलकार निर्माण सम्पन्न भए पछि ४ मिनेटमा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL