Logo

अनलाईन ट्रेडिङको पूर्व अभ्यास, नयाँ बर्षसँगै अनलाईनमार्फत सेयर खरिदबिक्री आदेश

अनलाईन ट्रेडिङको पूर्व अभ्यास, नयाँ बर्षसँगै अनलाईनमार्फत सेयर खरिदबिक्री आदेश



काठमाडौं । नेपाल धितोपत्र बोर्डले नयाँ बर्ष २०७५ को शुरुवातसँगै अनलाईमार्फत सेयर खरिदबिक्री आदेश दिनमिल्ने व्यवस्था लागू गर्ने भएको छ । लगानीकर्ताको हितलाई दृष्टिगत गर्दै धितोपत्रको कारोबार प्रकृयालाई थप सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री बनाउन अनलाईनमार्फत सेयर खरिदबिक्री आदेश दिन मिल्ने व्यवस्था गरिएको बोर्डले जानकारी दिएको छ ।

यस अघि ब्रोकर अफिसबाट खरिदबिक्री र्फर्म भरेर सेयर खरिदबिक्री गर्नुपर्ने व्यवस्था भएकोमा अबका दिनमा अनलाईबाटै आदेश दिनसक्ने व्यवस्था लागू गरिएको बोर्डका सहायक प्रवक्ता निरञ्जय घिमिरेले बताए । ‘अहिले सम्बन्धित ग्राहक ब्रोकर अफिसमा गएर फर्म भर्ने वा फोनमार्फत अर्डर दिएर पछि फर्म भर्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘नयाँ बर्षसँगै अनलाईनमार्फत अर्डर दिए पुग्छ ।’

बोर्डले यसअघि तथा धितोपत्र दलाल व्यवसायीको कार्यालयमा रहने कारोबार सम्बन्धी अभिलेखलाई अझ व्यवस्थित र सुदृढ गर्न हाल उपयोग गरिरहेको ब्रोकर व्याक अफिस सफ्टवेरमा इन्टरनेटमार्पmत प्राप्त धितोपत्र कारोबार गर्न खरिद बिक्री आदेश दिने व्यवस्था गर्न फागुन २६ मा परिपत्र जारी गरेको थियो । सोही अनुरुप अबका दिनमा अनलाई सेयर खरिदबिक्री आदेश दिन मिल्ने व्यवस्था कार्यान्वयनम ल्याइएको घिमिरेले जानकारी दिए ।

यससँगै बोर्डले इच्छुक लगानीकर्ताले २०७५ सालको शुरु देखि नै अनलाईनमार्फत धितोपत्र खरिद विक्रीको लागि आदेश दिन सक्ने व्यवस्था गर्न ब्रोकरलाई निर्देशन दिएको हो । उक्त व्यवस्था कार्यान्वयनमा आएसँगै लगानीकर्तालाई धितोपत्र खरिद विक्री गर्न धितोपत्र दलाल व्यवसायीको कार्यालयमा उपस्थित हुनु पर्न झन्झटको अन्त्य हुने, धितोपत्रको कारोबार प्रकृया तथा अभिलेख सम्वन्धी कार्य थप व्यवस्थित सहज, पारदर्शी, सरल, छिटो, छरितो र लगानीकर्ता मैत्री हुने विश्वास लिएको छ ।

निकट भविष्यमा नेप्सेले लागू गर्न लागेको अनलाइन कारोबार प्रणालीको लागि समेत अनलाईत खरिदबिक्री आदेशले आधार तयार गर्नुका साथै कारोबारमा समेत सहजता ल्याउने वोर्डको अपेक्षो छ ।

प्रतिक्रिया दिनुहोस्
MBL