Logo

मेगा बैंकको सिईओमा अनुपमा खुँजेली, बाणिज्य बैंकले पायो पहिलो महिला सिईओ

मेगा बैंकको सिईओमा अनुपमा खुँजेली, बाणिज्य बैंकले पायो पहिलो महिला सिईओ



काठमाडौं । मेगा बैंकको प्रमुख कार्यकारी अधिकृतकमा अनुपमा खुँजेली यिनुक्त भएकी छिन् । बैंक संचालक समितिको बिहीबार बसेको संचालक समितिको बैंठकले खुँजेलीलाई सिईओमा नियुक्त गरेको हो ।

बैंक संचालक समितिले उनलाई आगामी ४ बर्षका लागि सिईओ पदमा नियुक्त गरेको हो । तत्कालिन नेपाल ग्रिन्डलेज बैंक हालको स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंक पुगेकी थिइन्। । सहायक स्तरबाट जागिर सुरु गरेकी उनले नबिल बैंकका सिनियर म्यानेजरका रुपमा काम गरिन्। । नबिलमा ६ बर्ष विताकी उनले मेगा बैंकको संस्थापक नायव महाप्रबन्धकका रुपमा गरेकी थिईन् । उनले मेगा बैंकमै ८ बर्ष बिताएकी छिन् । खुँजेलीले एस म्यानेजमेन्ट इन्स्टच्यूटबाट एमबीए गरेकी छिन् ।

हाल मेगा बैंकको पूँजी ८ अर्ब रुपैयाँ छ । हालसम्म बैंकले ४१ अर्ब ५० करोड रुपैयाँ निक्षेप संकलन गरी ४१ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेको छ । बैंकको शाखा संख्या ४७ वटा छ भने कर्मचारी ५ सय ६० जना छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL