Logo

बेतन कर्णाली आयोजनाको वित्तीय स्रोत जुटाउन समझदारी, एसबीआई र नबिलले उठाउलान २५ अर्ब ?

बेतन कर्णाली आयोजनाको वित्तीय स्रोत जुटाउन समझदारी, एसबीआई र नबिलले उठाउलान २५ अर्ब ?



काठमाडौं । बेतन कर्णाली जलविद्युत आयोजनाका लागि वित्तीय स्रोत जुट्ने भएको छ । कर्मचारी संचय कोषका संचयकर्ताहरुको अधिकांश सेयर लगानी रहेको उक्त आयोजनाका लागि नेपाल एसबीआई बैंक तथा नबिल बैंक लिमिटेडको सहवित्तीयकरणमा लगानी जुटाउन लागिएको हो ।

आयोजनाको लागि आवश्यक कूल ऋण मध्ये आशिंक ऋण अर्थात २५ अर्ब रुपैयासम्म बैकिङ सहबित्तीयकरण समुह गठन गरी ऋण व्यवस्थापन गर्न दुई बाणिज्य बैंक र कर्मचारी संचयकोषबीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारीपत्रसँगै औपचारीक रुपमा आयोजनाको ऋण व्यवस्थापनको कार्य अगाडि बढ्ने निश्चित भएको छ ।

उक्त समझदारी पत्रमा कर्मचारी सञ्चय कोषका कार्यवाहक प्रशासक दीपक रौनियार नेपाल एसविआई बैंकका प्रबन्धक संचालक तथा प्रमुख कार्यकारी अधिकृत अनुकूल भटनागर र नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले हस्ताक्षर गरेका हुन् । उक्त आयोजना निर्माणका लागि नेपाल एसबीआई बैंक र नबिल बैंकले अन्य वाणिज्य बैंकहरुसँगको सहकार्यमा सहबित्तीयकरण समुह गठन गरी लगानी जुटाउनेछ ।

बेतन कर्णाली सञ्चयकर्ता हाइड्रोपवर कम्पनी लिमिटेडको अधिकृत पूँजी २० अर्ब रुपैयाँ र जारी पूजी १० अर्ब रुपैयाँ रहेको छ । जसमा कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने करिव ५ लाख ५० हजार सञ्चयकर्ता कर्मचारीको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ भने कर्मचारी सञ्चय कोषको १५ प्रतिशत, नेपाल बिद्युत प्राधिकरण १० प्रतिशत, बिद्युत उत्पादन कम्पनीको १० प्रतिशतर बाँकी २५ प्रतिशत सर्बसाधारण नेपाली नागरिक, आयोजना प्रभावित जिल्लाका वासिन्दा र अति बिपन्न परिवारको सेयर स्वामित्व रहनेछ ।
सो आयोजना निर्माणका लागि करिव ७० अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान रहेको छ । सो लागत मध्ये ३० प्रतिशत अर्थात् २१ अर्ब रुपैयाँ सेयर पूँजीबाट र बाँकी ७० प्रतिशत अर्थात ४९ अर्ब रुपैयाँ ऋण ब्यवस्थापन गर्नुपर्ने छ ।

कोषले आयोजना निर्माणका लागि आवश्यक ऋण हाललाइ बैंक बत्तीय संस्थाहरु बीचको सहबित्तीयकरण कर्जा, गैर बैंकिंग बित्तीय तथा अन्य संस्थाहरु, ठूला कोषहरु, सार्वजनिक तथा निजि क्षेत्रका अन्य संस्थाहरुबाट कर्जा र वित्तीय उपकरणहरु अवलम्बन गरी जुटाउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL