Logo

नेपाल भारत सम्झौता, बंगालको खाडीदेखि नेपालसम्म पानी जाहाज संचालन

नेपाल भारत सम्झौता, बंगालको खाडीदेखि नेपालसम्म पानी जाहाज संचालन



काठमाडौं । नेपालले बंगालको खाडीबाट सिधै पानी जाहाज सञ्चालन गर्न पाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा दुई देशबीच बंगालको खाडीबाट नेपालसम्म पानी जाहाज सञ्चालन गर्ने विषयमा सम्झौता भएको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा बोल्दै नेपाल अब भुपरिवेष्ठित देश नरहेको जानकारी गराएका हुन् । ‘अब नेपाल सिधै समुन्द्रसँग जोडिने भएको छ,’ पत्रकार सम्मेलनमा उनले भने, ‘हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ ।’ साथै उनले यो एउट ऐतिहासिक सुरुवात भएको र यससँगै सगरमाथाको देश अब सागरसँग सीधा जोडिने समेत बताए । नेपाल ल्याण्ड लक होइन, वाटर लिंक पनि हुने उनको भनाई थियो ।

यसैगरी पत्रकार सम्मेलनमा बोल्दै नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि दुई देशबीचको सम्झौतासँगै नेपालको बंगालसँग सिधा सम्पर्क हुने भएकाले अब जाहाज चलाउने बताएका छन् । उक्त सम्झौतासँगै अबका दिनमा जलमार्ग हुँदै नेपालमा सामान ढुवानी गर्न सकिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL