Logo

ओली र मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको दबाए स्वीच

ओली र मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको दबाए स्वीच



काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले अमलेखगञ्ज–मोतिहारी पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका छन् ।

भारत भ्रमणमा रहेका ओलीले आज दिल्लीको हैदराबाद हाउसबाट स्वीच थिचेर संयुक्त रुपमा दुई देशका प्रधानमन्त्रीले उक्त पेट्रोलियम पाइपलाइनको शिलान्यास गरेका हुन् ।

नेपालमा सहज रुपमा पेट्रोलियम पदार्थ आयातको लागि उक्त पाईप लाईन विच्छ्याउन २०७२ मा सम्झौता भएको थियो निर्माण सुरू भएको ३० महिनामा उक्त परियोजना सम्पन्न हुने लक्ष्य राखिएको छ ।

उक्त पाइप लाईन विच्छ्याउनका लागि भारतीय आयल कर्पोरेशनले ठेक्का समेत लगाई सकेको छ । दुई देशका प्रधानमन्त्रीले उद्घाटन गरेसँगै उक्त काम अघि बढ्न भएको छ ।

यस अघि भएको सम्झौतामा ४१ किलोमिटर पाइपलाइन आयोजनाका लागि ४ अर्ब ४० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको थियो । जसमध्ये ३ अर्ब २० करोड रुपैयाँ भारत सरकार र बाँकी रकम नेपाल सरकारले व्यहोर्ने उल्लेख छ ।

भ्रमणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र नरेन्द्र मोदीबीच दुईपक्षीय विकास, सहयोग, व्यापार र लगानी, कृषि, उर्जा र कनेक्टीभीटीलगायत सबै क्षेत्रमा सम्बन्ध विस्तार गर्ने बारे उपलब्धीमूलक छलफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL