Logo

तोकिएको चुक्ता पूँजी नपुर्याउने बैंक वित्त संस्थालाई राष्ट्र बैंकको नयाँ व्यवस्था

तोकिएको चुक्ता पूँजी नपुर्याउने बैंक वित्त संस्थालाई राष्ट्र बैंकको नयाँ व्यवस्था



काठमाडौँ । नेपाल राष्ट्र बैंकले समय सिमा भित्र तोकिएको चुक्ता पूँजी पुर्याउन नसक्ने बैंक तथा वित्तीय संस्थालाई पूँजी बृद्धिका लागि नयाँ बाटो खुला गरिदिएको छ ।

बैंक वित्तीय संस्थाले आफुसँग भएको रकमलाई चुक्ता पूँजीमा गणना गर्न पाउने गरी चुक्ता पूँजी बृद्धिको व्यवस्था गरिदिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

पण्डितका अनुसार सो निर्णयसँगै चुक्ता पूँजी नपुगेका बैंक वित्तीय संस्थाले कल इन एडभान्स, सेयर प्रिमियम र मर्जर तथा एक्विजिसनको कारण भएको बचत तथा रिजर्भको रकमलाई चुक्ता पूँजीमा गणना पाउने भएका छन् । ‘यो नयाँ सहुलियत नभई बैंक वित्तीय संस्थासँग भएको पूँजीलाई चुक्ता पूँजीमा अकाउन्टिङ गर्न पाउने व्यवस्था गरिएको हो,’ उनले भने, ‘यस अनुसार बैंक वित्तीय संस्थाले आफ्नो खातामा आईसकेका रकमलाई चुक्ता पूँजीमा गणना गर्न पाउनेछन् ।’

राष्ट्र बैंक संचालक समितिको बिहीबार बसेको बैंठकले उक्त निर्णय गरेको र केही दिनभित्रै सर्कुलर जारी गरिने समेत उनले जानकारी दिए । राष्ट्र बैंकले आर्थिक वर्ष २०७२÷७३ को मौद्रिक नीतिमार्फत २०७४ असारसम्म वाणिज्य बैंकले न्युनतम चुक्ता पूँजी ८ अर्ब, राष्ट्रिय स्तरको विकास बैंकको २ अर्ब ५० करोड, राष्ट्रिय स्तरको फाइनान्स कमपनीले ८० करोड रुपैयाँ चुक्ता पूँजी पुर्याउन निर्देशन दिएको थियो । तर, सोही समयसिमा भित्र बैंक वित्तीय संस्थाले चुक्ता पूँजी पुर्याउन नसकेपछि यस आबको साधारण सभा गर्ने समयसम्म चुक्ता पूँजी पुयाउने गरी बाटो खुला गरिदिएको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL