Logo

युएईको रोजगारीमा जान प्रहरी रिपोर्टमा प्रमाणिकरण गर्न नपर्ने, कामदारको ४५०० बचत

युएईको रोजगारीमा जान प्रहरी रिपोर्टमा प्रमाणिकरण गर्न नपर्ने, कामदारको ४५०० बचत


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारीमा जानका लागि प्रहरी रिपोर्टमा नेपाल स्थित युएई दूतावासको प्रमाणिकरण नचाहिने भएको छ । फेब्रुअरी २०१८ बाट नेपाल स्थित युएई दूतावासले आफ्ना देशमा जाने कामदारको पुलिस रिपोर्टमा दूतावासको पनि प्रमाणिकरण अनिवार्य गरेको थियो । तर, त्यसलाई आजदेखि दूतावास आफैले खारेज गरेको छ ।

नेपाल प्रहरीको रिपोर्टमा युएईले प्रमाणिकरणको नाममा कामदारलाई थप आर्थिक भार पारेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले त्यसको विरोध गर्दै आएको थियो । सो सम्बन्धमा दूतावासले आजैका मितिदेखि प्रमाणिकरण गर्न नपर्ने व्यवस्था गरेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । ‘युएईको रोजगारीमा जाने प्रहरी रिपोर्ट चाहिन्छ,’ उनले भने, ‘तर, यस अघिजस्तो कामदारले दिनभर लाईनमा बसी पैसा तिरेर प्रमाणिकरण गरिरहनु पर्दैन ।’ दूतावासले आज प्रमाणिकरण गर्न गएका कामदारलाई अबका दिनमा त्यस्तो प्रमाणिकरण गर्न नपर्ने भन्दै फर्काईदिएको समेत उनले जानकारी दिए ।

दूतावासले पुलिस रिपोर्टमा प्रमाणिकरण गरे बापत प्रति कामदार ४ हजार ५ सय रुपैयाँ लिँदै आएको थियो । अबका दिनमा कामदारको सो रकम बचत हुने भएको छ । युएईको रोजगारीमा जाने चाहने कामदारले नेपाल प्रहरीले जारी गरेको पुलिस रिपोर्ट कन्सुलर विभागको छाप लगाए पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL