Logo

श्वेतपत्र १ बजे संसदमा पेश, साढे ३ बजे अर्थ मन्त्रालयमा सार्वजनिक, प्राथमिकतामा पर्ला सेयर बजार !

श्वेतपत्र १ बजे संसदमा पेश, साढे ३ बजे अर्थ मन्त्रालयमा सार्वजनिक, प्राथमिकतामा पर्ला सेयर बजार !


बिजखबर संवाददाता
11.1k
Shares

काठमाडौं । सरकारले ल्याउन लागेको श्वेत पत्र आउने सार्वजनिक हुने पक्का भएको छ । नयाँ सरकार गठनसँगै महत्वको विषयमा रहेको उक्त श्वेतपत्र आउने आउने पक्का भएको अर्थमन्त्रीका आर्थिक सल्लाहकार रामशरण खरेलले जानकारी दिए ।

श्वेतपत्रलाई अर्थ मन्त्रालयमा सार्वजनिक गर्नुभन्दा पहिला सो सम्बन्धमा अर्थ मन्त्री डा. युवराज खतिवडाले संसदमा जानकारी गराउने भएका छन् । संसद आज दिउसो १ बजे बस्दै छ । साथै अर्थमन्त्रीले श्वेतपत्रमा उल्लेख गरिने मुख्य मुख्य बुँदाहरु संसदमा समेत जानकारी गराउने कार्यक्रम रहेको अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

श्वेतपत्रले नयाँ नीतिगत व्यवस्थाभन्दा पनि नेपालको बर्तमान आर्थिक अवस्था र सरकारले आगामी दिनमा लिने कार्यदिशालाई समेटिने अर्थले जानकारी दिएको छ । श्वेतपत्रमा नीतिगत विषयमा स्पष्टता ल्याई हाल देखिएको अर्थतन्त्रका मुख्य मुख्य विषयबस्तुलाई समेटिने भएको छ ।

शेषगरी बजारमा देखिएको तरलता अभाव, आयोजना निर्माणका सम्बन्धमा देखिएको विकृति तथा नयाँ योनजाका विषयमा श्वेतपत्रले समेट्ने छ । तर, श्वेतपत्रले सेयर बजारलाई संबोधन गर्ने भनिएपनि सो सम्बन्धमा कुनै नयाँ व्यवस्था नहुने समेत मन्त्रालयले जानकारी दिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL