Logo

‘वियरिस ट्रर्याप’मा नेप्से, फस्दै साना र नयाँ लगानीकर्ता

‘वियरिस ट्रर्याप’मा नेप्से, फस्दै साना र नयाँ लगानीकर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केहीसमय यता लगातार ओरालो लागेको नेप्से परिसुचकमा मंगलबार अन्तिम समयमा आएर उच्च अंकको बृद्धि समातेको छ । बजार उच्च विन्दुमा घटिरेहेको अवस्थामा अन्तिम समयमा बढेको छ ।

नेप्से परिसुचकले सोमबार र मंगलबार बिहान उच्च अंकमा घटेसँगै ‘वियरिस ट्रर्याप’ समातेको एक लगानीकर्ताले बताए । ‘बजार घट्न सुरु गरेसँगै आफुले तय गरेको बाटोमा नपुगेनजेल वियरिस ट्रर्यापमा परेर रुमलिने गर्छ,’ उनले भने, ‘सोही अनुरुप बजारमा मंगलबार उच्च रुपमा घटेर पनि सोही अनुरुप बढ्न पुगेको हो ।’ यो अवस्थामा केही लगानीकर्ताले कमाएपनि अन्तत धेरै लगानीकर्ताले भने गुमाउने गर्छन ।

विररिस ट्रर्यापमा नयाँ र साना लगानीकर्ताले सामान्य सुचना तथा हल्लाको भरमा पनि सेयर बजारमा प्रवेश गर्ने गर्दछन् । यसरी बजार बढ्दा ठूला लगानीकर्ताले बिक्री गरेर बजारबाट निस्कने र साना लगानीकर्ता र नयाँ लगानीकर्ता फस्ने गर्छन ।

वियरिस ट्रर्यापमा नयाँभन्दा पनि साना लगानीकर्ताहरु बढी फस्ने गरेको छन् । साना लगानीकर्ताले घटिरहेको बजारमा बढ्ने आसमा ‘एभरेजिङ’ गर्नका लागि पनि सेयर खरिद गर्छन । तर, बजार पुनः घट्न थालेपछि उनीहरु घाटामा पर्छन ।

अहिले बजारले आफ्नो बाटो तय गरेको तर कुन विन्दुमा पुगेर रिवाउन्स गर्ने भन्ने विषयमा अन्यौलता हुँदा त्यस भित्र रहेर सिमित लागनीकर्ताले खेलबाड गरिरहेको एक विश्लेषकले बताए । ‘बजार कसैले बढ भन्दैमा बढ्ने र कसैले घट भन्दैमा घट्ने होइन,’ ती विश्लेषकले भने, ‘बजार मूल्य सामान्य माग र पूर्तिको मिलनबाट तय हुन्छ अहिले त्यहि भइरहेको छ ।’

बजारमा मंगलबार करिव ८० अंकको घटवढ हुन पुग्यो । बजार खुलेको केही समय सामान्य बढेर घट्न सुरु गरेको बजारमा ३१ अंकभन्दा बढीले घट्न पुगेको थियो । तर, पुनः रिवाउन्स हुँदै झण्डै ४७ अंकको बृद्धि समातेको थियो । केही समयमा सामान्य घट्दै बजारमा ३९ अंकले बढेर १ हजार २ सय ७ अंकमा पुगेर अडिएको छ ।

पछिल्लो समय बजार आफ्नो गतिभन्दा पनि च्याखे दाउँमा बढी चलेको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘छिनछिनमा ठूलो अंकको गिरावट आउनु बजारको व्युटी होइन,’ एक लगानीकर्ताले भने, ‘अहिले केही लगानीकर्ताले साना र नयाँ लगानीकर्तालाई आकर्षित गर्दै आफु कमाउने दाउमा लागेका छन् ।’

बजार एकछिन बढ्दा केही लगानीकर्ताले आफुसँग भएको सेयरलाई करिव १० प्रतिशको बृद्धि गरे । तर, सोही सेयरलाई बजार मूल्यभन्दा कममा बिक्रीमा राखे । मंगलबार थोरै कारोबारमा उच्च विन्दुमा बजार बढाइएको छ । यो भनेको बजारमा काल्पकिन माग सृजना गरी बजार बढाउनु हो ।

दिनभर बजारमा ५० करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ । जसमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको मात्रै १० करोड रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ । दिनभर कुल १ सय ६६ कम्पनीको १५ लाख ११ हजार कित्ता सेयर कारोबार भएको छ । अन्तिम समयमा आएर बजारमा व्यापार बाहेक सबै समुहका परिसुचक बाहेक सबै बढेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL