Logo

पार्टीगत लगानीकर्ता संघको चेपुवामा नेप्से, किन आवाज बिहीन बन्दैछन् ठूला लगानीकर्ता ?

पार्टीगत लगानीकर्ता संघको चेपुवामा नेप्से, किन आवाज बिहीन बन्दैछन् ठूला लगानीकर्ता ?


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । केही समयअघिसम्म नेप्से परिसुचक सामान्य ओरालो लाग्दा पनि नियामक निकायमा आन्दोलन गर्न जाने लगानीकर्ताहरु अहिले उच्च रुपमा घट्दा  पनि चुपचाप बसेका छन् । छोटो समयमा बजारमा ३ सय अंकको हाराहारीमा घट्दा पनि लगानीकर्ताहरुले नियामक निकायकहाँ जान आट गर्न सकेका छन् ।

अघिल्लो पटक नेप्सेमा गिरावट आउँदा अर्थमन्त्रीलाई चेतावनी सहितको ज्ञापनपत्र बुझाउने तथा नेपाल धितोपत्र बोर्ड (सेवोन) र नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा आन्दोलनका कार्यक्रम नै सार्वजनिक गरेर आन्दोलमा उत्रिएका लगानीकर्ताहरु अहिले आवाज विहिन भएर बसेका छन् । केही लगानीकर्ताहरुले सामाजिक संजालमार्फत आफ्नो आक्रोस पोखेपनि लगानीकर्ताहरुलाई एकेबद्ध गरी नियामक निकायमा आज उठाउन खोलिएका सेयर लगानीकर्ता संघहरु भने चुपचाप बसेका छन् ।

केही समयअघि सेयर बजार घट्नुको आधार खोज्दै हिड्ने लगानीकर्तासंघहरु सरकारको अर्थमन्त्रीमा डा. युवराज खतिवडा नियुक्त भएसँगै आधारहिन बन्न पुगेका छन् । अझ भनौं उनीहरुसँग पूँजी बजारको विषयमा कुनै प्रश्न सोध्ने औकात नै छन् । उनीहरु के कारणले दैनिक रुपमा पूँजीबजार घट्दै छन् भन्ने विषयमा नै अन्यौल परेका छन् ।

अघिल्लो पटक पूँजी बजारमा गिरावट आउँदा नियामन निकायले उपयुक्त कदम नचालेको भन्दै आन्दोलनका कार्यक्रम घोषणा गर्ने सेयर लगानीकर्ता संघको अहिले बजारमा कुनै चर्चा छैन । उनीहरुले सेयर बजारमा सुधार ल्याउन घच्घच्याउन जाने निकाय भनेको सेवोन वा अर्थ मन्त्रालय हो । यस अघि उनीहरुले विना कारण सेयर बजार घट्यो, सरकारले ध्यान दिएर, १५ लाख लगानीकर्ताको विचल्ली भयो वा अर्थतन्त्रमा कुनै समस्या नआई नेप्से घट्दा पनि सरकार चुप लाग्यो, लगानीकर्ता माथी सरकारले खेलबाड गर्यो भन्दै अर्थमन्त्री भेट्न जान्थे ।

तर, अहिलेका अर्थमन्त्रीलाई त्यस्ता संघसस्थाले प्रश्न सोध्ने हिम्मत गर्न सकेका छैनन् । यस अघिका अर्थमन्त्रीले पूँजी बजार घट्यो भन्दा म त्यसविषयमा छलफल गर्छु वा सेवोन र नेप्सेलाई सुधार गर्न निर्देशन दिन्छु भन्दै लगानीकर्तालाई फर्काउथे र उनीहरु पनि मख्ख परेर फर्कन्थे । तर, नवनियुक्त अर्थमन्त्री डा. खतिवडालाई पूँजी बजारको बारेमा सैदान्तिक र व्यवाहारिक दुबै ज्ञान भएको र उल्टै लगानीकर्ता लाई नै प्रश्न सोध्न सक्ने डरले गर्दा आन्दोलको कार्यक्रम सार्वजनिकको त कुरै छाडौं यस विषयलाई लिएर भेट्न जाने हिम्मत सम्म गरेका छैनन् ।

पूँजी बजारको विषयमा आजाव उठाउने ठूला लगानीकर्ता हुन् साना लगानीकर्ता त तिनका हतियार मात्रै हुन् । जहाँ आन्दोलनका कार्यक्रम छ भन्यो त्यहि गएर हाजिरी गर्ने । तर, अहिले अर्थमन्त्रीको विरोध गर्दा आफै फस्न सक्ने भएर वा हिम्मन नभएर उनीहरुले त्यस्तो गर्न सकेका छैनन् ।

अर्थमन्त्री कहाँ जाँदा उनले लगानीकर्ताको सम्पतीको स्रोत खोज्न सक्ने भएकाले पनि उनीहरु चुप लागेर बसेका सम्बद्ध लगानीकर्ताहरु बताउँछन् । ‘पहिला लगानीकर्ताहरुले अर्थमन्त्रीलाई सेयर बजार घट्यो सरकारले सोच्नुपर्यो भन्दै धम्कीपूर्ण अभिव्यक्ति दिएर फर्केन्थ्ये,’ एक लगानीकर्ताले भने, ‘अहिलेका अर्थमन्त्रीले सैदान्तिक र व्यवहारिक रुपमा लगानीकर्तालाई पाठ पढाएर उल्टै थर्काएर पठाउन सक्छन् । जसले गर्दा लगानीकर्ता निरिह भएर बस्नु परेको छ ।’ केही ठूला लगानीकर्ताको कारणले गर्दा पछिल्लो समय साना लगानीकर्ताहरु बढी मारमा परेको समेत उनको भनाइ थियो ।

अहिले पूँजीबजारमा लगानीगर्ने लगानीकर्ता आवद्ध संघसंस्था नै तीनवटा छन् । जसमा नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र पूँजीबजार लगानी कर्ता संघ रहेका छन् । जसमध्ये केही समयअघि केही ठूला लगानीकर्ता आवद्ध भएको र सबैलाई समेटर अघि बढेको नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रीलाई भेट गरी बधाईका साथै पूँजी बजारमा सुधारका योजना सहित ज्ञापन पत्र बुझाएको थियो । तर, वितगमा आन्दोल नै गर्ने अन्य दुई संस्थाभने मुसो ले विरालो देखेझै लुकेर बसेका छन् ।

त्यसो हुनुमा राजनीतिकरण हाबी भएको एक लगानीकर्ताले जानकारी दिए । अहिले खुलेका ३ वटा संस्थामध्ये २ वटा नेपाली कांग्रेस निकट लगानीकर्ताले नेतृत्व गर्छन भने एउटा एमाले निकट । अबको सरकार स्थायी रहेको र विरोध गर्दा आफै फस्ने डरमा कांग्रेस निकट लगानीकर्ता संघहरु चुप लागेका वसेका छन् । यता एमाले निकट लगानीकर्ता संघ भने आफ्नै सरकारको विरोध गर्न नसक्ने बाध्यतामा गुज्रिएका छन् ।

साताभर लगातार ओरालो लागेको नेप्से परिसुचकमा बुधबार पनि उच्च गिरावट आयो । बजार खुलेको केही समय झिनो अंकले बढेको बजार २ बज्दा ३० अंकभन्दा बढीले घटेको थियो । अन्तिम समयमा आएर सामान्य सम्हालिएको नेप्से परिसुचक अंकमा २४ दशमलव ४० अंकले घट्दै बन्द हुन पुग्यो । बजारमा उत्पादनमुलक बाहेक सबै समुहको परिसुचकमा उच्च गिरावट आएको छ ।
जसमध्ये सबैभन्दा बढी बीमा समुहको परिसुचक घट्न पुगेको छ । सो समुहको परिसुचकमा १ सय ८६ अंकको गिरावट आउँदा बजारमा सबैभन्दा बढी प्रभाव रहेको बैंकिङ समुहको परिसुचक पनि २२ दशमलव ११ अंकले घटेको छ । यस्तै, विकास बैंक समुह १४ अंकले घट्दा माईक्रोफाइनान्स समुहको परिसुचक पनि ४८ दशमलव ५२ अंकले घटेको छ ।

बजारमा होटल २३, जलविद्युत, २२, जलविद्युत ६ र अतिरिक्त समुहको परिसुचक १० अंकले घटेको छ । तर, नेप्से परिसुचकमा उच्च गिरावट आउँदा पनि उत्पादनमुलक समुहको परिसुचक भने ५८ दशमलव ४८ अंकले बढेको छ ।

बुधबार कारोबार रकममा भने अघिल्ला दिनको तुलनामा सामान्य सुधार आएको छ । दिनभर कुल ३७ करोड ८३ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो । जसमा १ सय ५१ कम्पनीको ९ लाख ३३ हजार कित्ता सेयर कारोबार भएका छन् । नेपाल लाईफ इन्स्योरेन्स, नेपाल बैंक र नविल बैंकको सेयर खरिदबिक्री बढी भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL