Logo

प्राधिकरण र व्यवसायीबीच सहमति, आजबाट खुल्यो आयात निर्यात

प्राधिकरण र व्यवसायीबीच सहमति, आजबाट खुल्यो आयात निर्यात


बिजखबर संवाददाता
81
Shares

राङडोल लामा   

काठमाडौ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट आजदेखि हवाई कार्गो सेवा शुरु भएको छ । नेपाल नागरिक उड्यन प्राधिकरणले कार्गो शुल्क वृद्धि पश्चात बन्द भएको आयात निर्यात आजदेखि खुला भएको हो ।

प्राधिकरणले अत्याधिक शुल्क बृद्धि गरेको भन्दै निर्यात व्यापारसँग सम्बन्धित विभिन्न १० वटा संस्थाले आयात निर्यात ठप्प पारेका थिए । व्यवसायी र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबीच सहमति भएपछि आयात निर्यात सुचारु भएको हो ।

नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लको नेतृत्वमा गएको टोलीले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै आयात निर्यात खुला गर्ने समहति गरेका हुन् । सहमति अनुसार कार्गोको आयात निर्यातमा भएको शुल्क बृद्धि तत्काललाई रोकी मध्यमार्गी बाटोबाट जाने सहमति भएको समेत मल्लले जानकारी दिए ।

आजबाट विमानस्थलबाट कार्गो सेवा शुरु हुने प्राधिकरणका महानिर्देशक संजिव गौतमले जानकारी दिए । ‘हामीले आइतबार नै टीआईए कार्गो व्यवस्थापनका लागि तयार पारेको नियमावली स्वीकृत गरेका छौं,’ उलने भने, ‘अब सोही नियमावली अनुरुप व्यवस्थापन गर्ने छौं जसमा व्यवसायीहरु पनि सहमत भएका छन् ।’

सम्झौता अनुरुप निर्यात गर्दा प्रति किलोग्राम १ रुपैयाँ शुल्क तिर्नुपर्ने छ । यसअघि व्यवसायीहरुले निशुल्क निर्यात गर्दै आएका थिए । तर, गत हप्ता प्राधिकरणले निर्यातमा प्रति केजी ४ रुपैयाँ शुल्क तोकेकाले आन्दोलनमा उत्रनुपरेको नेपाल फ्रेड फरवाडर्स एशोसिएशनका अध्यक्ष प्रकाश कार्कीले जानकारी दिए । यसैगरी प्राधिकरणले डिमरेज शुल्कमा पनि लचकता अपनाएको उनको भनाइ थियो ।

प्राधिकरणले टीआईएमा सामान राखेको भोलिपल्टैबाट डिरेज शुल्क लाग्नेगरी सुचना प्रकाशित गरेको थियो । तर, हिजो भएको सहमति पश्चात सामान राखेको १ हप्तापछि मात्रै त्यस्तो शुल्क लाग्नेछ ।

पहिले पर केजी रु ४ लिने भए पछी ब्यवसायी आन्दोलनमा उत्रेको थियो । पछी सो निर्णयलाई उल्ट्याएर पर केजी रु १ मा झारे पछी सामान आयत निर्यातको बाटो खुलेको नेपाल फ्रेड फरवार्डस एशोसिएसनका का अध्यक्ष प्रकाश कार्कीले बताए । यसैगरी उल्लेख गरेको भन्दा तौलमा फरक परेमा पेनाल्टी स्वरुप दोब्बर दस्तुर तिराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL