Logo

रेमिट्यान्स आप्रवाहमा सुधार, ७ महिनामा भित्रियो ४ खर्ब

रेमिट्यान्स आप्रवाहमा सुधार, ७ महिनामा भित्रियो ४ खर्ब


बिजखबर संवाददाता
864
Shares

अघिल्लो महिना नेपाल भित्र्ने रेमिट्यान्स बृद्धिदर ऋणात्मक भएकोमा ७ महिनामा आईपुग्दा बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालू आर्थिक बर्षका पहिलो ७ महिनामा रेमिट्यान्स बृद्धिदर १ दशमलव ७ प्रतिशतले बढ्दै ४ खर्ब १ अर्ब रुपैयाँ भित्रिएको छ ।

नेपालमा गत आबको सोही अवधिमा कुल ३ खर्ब ९२ अर्ब रुपैयाँ भित्रिएको थियो ।

चालू आवको सात महिनामा आईपुग्दा नेपाल भित्र्ने रेमिट्यान्स बृद्धिदर बढेपनि गत आबको सोही अबधिको तुलनामा भने कम हो । गत आबको सोही अबधिमा यस्तो बृद्धिदर ५ दशमलव २ प्रतिशत रहेको थियो ।

श्रम स्वीकृतिका आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या (पुनः श्रम स्वीकृति बाहेक) समीक्षा अवधिमा ४ दशमलव ९ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा पनि यस्तो संख्या ६ दशमलव ७ प्रतिशतले घटेको थियो । सो अबधिमा २ लाख १७ जना नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL