Logo

दैनिक २ अर्ब कारोबार पुगेको सेयर बजार हप्तामा १ अर्बमै सिमित

दैनिक २ अर्ब कारोबार पुगेको सेयर बजार हप्तामा १ अर्बमै सिमित


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुनै समय दैनिक २ अर्ब रुपैयाँभन्दा माथी कारोबार हुन थालेको सेयर बजार अहिले साप्ताहिक रुपमा १ अर्ब रुपैयाँमा खुम्चिएको छ । सेयर बजरको घट्दो ट्रेण्ड र बजारमा तरलता अभाव भएपनि बजारमा सेयर कारोबार न्युन हुन थालेको हो ।

यो हप्ता बजारमा १ अर्ब २९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । साताभर कूल १ सय ७४ कम्पनीको ३३ लाख ३९ हजार कित्ता सेयर खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा २७ दशमलव ९२ प्रतिशत कम हो । गत साता १ अर्ब ७९ करोड रुपैयाँको कुल १ सय ७१ कम्पनीको ४७ लाख ९३ हजार कित्ता सेयर खरिदबिक्री भएका थिए । साताको अन्तिम दिन नेप्से परिसुचक १ हजार २ सय ८८ दशमलव ३६ अंकमा पुगेर अडिएको छ ।

‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा एक दशमलव ३२ अंकले बढेर २ सय ७४ दशमलव ३८ अंकमा आइपुगेको छ । यस साता कारोबार रकमका आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा छ । सो कम्पनीको ८ करोड २० लाख बराबरको सेयर कारोबार भएको थियो ।

तर, सेयर संख्याका आधारमा भने जनता बैंक लिमिटेड अग्रस्थानमा छ । जनता बैंकको १ लाख ६७ हजार कित्ता सेयर कारोबार भएको तथ्याङ्कमा उल्लेख छ ।

सातामा ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको १ लाख १३ हजार बोनस, लक्ष्मी लघुवित्त वित्तीय संस्थाको २ लाख २० हजार, एक्सेल डेभलपमेन्ट बैंकको ११ लाख ५८ हजार ३०२, बरुण हाइड्रो पावर कम्पनीको १ लाख २१ हजार ५ सय, गृह्ेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सको १० लाख ९१ हजार २ सय ४९, स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १ लाख ७४ हजार ९ सय ९६, चिलिमे जलविद्युत कम्पनीको ५१ लाख ७१ हजार ८ सय ८६ बोनस सेयर सूचीकृत भएका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL