Logo

२३ ओभरको समाप्तीमा पपुवा न्युगिनीलाई नेपालले ६ विकेटले हरायो

२३ ओभरको समाप्तीमा पपुवा न्युगिनीलाई नेपालले ६ विकेटले हरायो


बिजखबर संवाददाता
189
Shares

काठमाडौं । विश्वकप छनोटको प्ले अफमा नेपालले पपुवा न्यूगिनीले हराएको छ । कुल १ सय १५ रनको लक्ष्य पच्छ्याएको नेपालले २३ ओभरको समाप्तीमा ४ विकेट गुमाएर पपुवा न्यगिनीलाई सहजै हराएको हो ।

टस हारेर ब्याटिङ गरेको पपुवा न्युगिनीले २७ ओभर २ बलमा सबै विकेट गुमाएर १ सय १४ रन बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रिएको नेपालले शुरुवाती चरणमा फितलो प्रर्दशन गरेपनि पछिल्लो समय समाल्एिर खेलेको थियो । शुरुमा नेपालले ७ ओभरको समाप्तीमा ३५ रन बनाउँदा ३ विकेट गुमाएको थियो । जसमा ओपनर ज्ञानेन्द्र मल्ल १, अनिल साह ९ मा आउट हुँदा पारस खड्का पनि २० रनमै समेटिए । तर, दिपेन्द्र सिंह ऐरी र आरिफ सेखको साझेदारीमा नेपाले राम्रो नजिता निकालेको थियो । ऐरीले अविजित रहँदै ५८ बलको सामना गर्दै अर्धसतक पुरा गरे ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र दिपेन्द्र सिंह ऐरीले समान ४र४ विकेट लिँदा नेपाललाई खेल जित्न सहज भएको थियो । करण केसी र सोमपाल कामीले पनि १ र १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL