Logo

विमान दुर्घटना अपडेट: ७१ जना सवार, घाइतेलाई सिभिल र केएमसी अस्पताल पुर्याइदै

विमान दुर्घटना अपडेट: ७१ जना सवार, घाइतेलाई सिभिल र केएमसी अस्पताल पुर्याइदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा सोमबार दुर्घटनाग्रस्त विमानमा चालक दलका सदस्यसहित ७१ जना रहेको जानकारी आएको छ । विमानमा ६७ यात्रु सवार थिए ।

बंगलादेशको ढाकाबाट काठमाडौं आएको विमान अवतरणको क्रममा अनियन्तित हुँदा दुर्घटना भएको हो । हालसम्म विमानमा रहेका १४ जनाको उद्धार गरिएको भने बाँकीको उद्दार जारी छ ।

दुर्घटनाबाट भएको क्षतीबारे भने विवरण आइनसकेको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता बीरेन्द्र श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL