Logo

श्वेतपत्र यसै हप्ता, के छन् प्राथमिकतामा ?

श्वेतपत्र यसै हप्ता, के छन् प्राथमिकतामा ?


बिजखबर संवाददाता
15.7k
Shares

काठमाडौं । नयाँ सरकार गठनसँगै ल्याउन लागिएको श्वेतपत्र यसै हप्ता आउने भएको छ । श्वेतपत्र ल्याउने सम्बन्धमा द्वूत गतिमा काम भइरहेको र यस हप्ताको अन्तिमसम्ममा ल्याउने तयारी गरिएको अर्थ मन्त्रालयका प्रवक्ता अर्जुनप्रसाद पोखरेलले जानकारी दिए ।

उनका अनुसार श्वेतपत्रले अर्थतन्त्रका मुख्य मुख्य विषयमा समट्दै हाल देखिएको समस्यालाई सम्बोधन गर्ने छ । विशेषगरी बजारमा देखिएको तरलता अभाव, आयोजना निर्माणका सम्बन्धमा देखिएको विकृति तथा नयाँ योनजाका विषयमा श्वेतपत्रले समेट्ने छ । ‘हामीले अहिले अर्थतन्त्रका समग्र क्षेत्रका बुँदाहरु संलन गर्ने कामलाई अन्तिम चरणमा पुर्याएका छौं,’ उनले भने, ‘यसलाई कम्पाइल गरेर चैतको २ गतेभित्रै ल्याउने तयारी गरिएको छ ।’

साथै उक्त श्वेतपत्रमा बजारमा देखिएको उच्च ब्याजदर समस्या, अर्थतन्त्रमा देखा परेका समस्या र सम्बोधनका उपायजस्ता विषयहरु समेटिने भएका छन् । तत्कालिन प्रधानमन्त्री शेरबहादूर देउवा सरकारले अर्थतन्त्रमाथी थुपारेको भारको विषयमा पनि श्वेतपत्रले सम्बोधन गर्दै त्यसलाई केही परिमार्जन गर्न सक्ने अर्थ स्रोतको भनाइ छ ।

श्वेतपत्रमा यस अघि कार्यान्वयन चरणमा गएका तर सम्पन्न नभएका, बजेट विनियोजन भएर पनि कार्यान्वयनमा नआएका तथा केन्द्रबाटै हेर्दै आएका आयोजनाको विषयमा पनि सम्बोधन गरिने भएको छ । यसैगरी राज्यले आफ्ना नागरिकलाई दिँदै आएको सामाजिक सुरक्षाका विषयमा श्वेतपत्रले केही परिमार्जन सहित नयाँ कार्यक्रम ल्याउन सक्ने उनको तर्क थियो । विशेषगरी श्वेतपत्रले स्वास्थ्य बीमा लगायतका कार्यक्रमलाई समेट्न सक्ने समेत उनले जानकारी दिए ।

श्वेतपत्र आएसँगै देशको अर्थतन्त्रको समग्र अवस्था कस्तो छ आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा स्पष्ट जानकारी आउने समेत पोखरेलले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL