Logo

गेट्स दम्पती कमाउदैनन् मात्र, महिलाको आर्थिक शसक्तिकरणमा १७ अर्ब खर्च गर्ने

गेट्स दम्पती कमाउदैनन् मात्र, महिलाको आर्थिक शसक्तिकरणमा १७ अर्ब खर्च गर्ने


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । ‘महिलासँग आर्थिक शक्ति भएमा सबै कुरा परिवर्तन हुन्छ’ । मानवअधिकारबादी मेलिन्डा गेट्सको भनाई हो यो, जुन हालै काटर्जमा प्रकाशित भएको थियो ।

जसमा उनी र उनका पति बिल गेट्सले १ करोड ७० लाख डलर अर्थात १७ अर्ब ७१ करोड रुपैयाँ विश्वभरका महिलालाई आर्थिक रुपमा शसक्त बनाउन प्रदान गर्ने घोषणा गरेका छन् ।

बिल एण्ड मेलिन्डा फाउन्डेशनबाट प्रदान गर्न लागिएको सो रकम आगामी ४ बर्षभित्र खर्च गरिने छ ।

मेलिन्डाले सो लेखमा अध्ययनले आर्थिक शक्ति लैंगिक समानताका सबैभन्दा अपरिहार्य हुने उल्लेख गरेकी छिन् । ‘महिलाको हातमा पैसा दिनुस जसको अधिकार छ, सबै कुरा परिवर्तन हुन्छ’ उनी लेख्छिन् ‘ आर्थिक शसक्तिकरण लैंगिक समानताको साँचो हो ।’

परिवारले पनि लाभ उठाउन सक्नेछन् जब घरायसी खर्चमा महिलाको हात हुन्छ । अध्ययनका अनुसार पौष्टिक खाना,स्वास्थ्य तथा शिक्षामा तुलनात्मक रुपमा महिलाले बढी खर्च गर्छन् । जसले परिवारलाई गरिबीबाट मुक्त गराउन सघाउछ ।

उनको लेखमा महिलासँग आर्थिक शक्ति भएमा समाजले पनि उनीहरुको भुमिकाबारे पूनविचार गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL