Logo

अर्थमन्त्रीले भने- तत्काल तरलता समस्या समाधान हुँदैन, विदेशी पूँजी आवश्यक

अर्थमन्त्रीले भने- तत्काल तरलता समस्या समाधान हुँदैन, विदेशी पूँजी आवश्यक


बिजखबर संवाददाता
4.8k
Shares

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले तत्काल तरलता समस्या समाधान नहुने बताएका छन् । सरकारले खर्च गर्ने क्षमता बढाएर बजारमा पैसा पठाएपनि अहिले देखिएको तलरता समस्या नहट्ने उनको भनाइ थियो ।

हाल व्यवसायी तथा बैंकरले सरकारी ढुकुटीमा २ खर्ब ८५ अर्ब रुपैयाँ थन्काएर बसेको र त्यसलाई तत्काल बजारमा ल्याएर तरलता समस्या समाधान गर्नुपर्ने बताउँदै आएका छन् ।

तर, अर्थमन्त्री डा. खतिवडाले भने उक्त रकम खर्च गर्दा तत्कालका लागि केही हटेपनि दिर्घकालिन समस्या नहट्ने बताए । ‘स्थानीय निकायबाट हुने तथा सरकारी खर्चबाट अल्पकालिन समस्या मात्र हट्ने हो,’ उनले भने, ‘तर, दिर्घकालिन समस्या समाधान हुन सक्दैन ।’

दिर्घकालिन रुपमा तरलता समस्या समाधान गर्न विदेशी पूँजीको आवश्यक भएको उनको तर्क छ । ‘देशमा तरलता समस्या समाधन गरेर आर्थिक रुपमा बृद्धि गर्ने हो भने हामीले कुनै न कुनै रुपमा विदेशी पूँजी भित्र्याउनु पर्छ,’ उनले भने, ‘यदि हामीले ठूलो मात्रामा विदेशी पूँजी भित्र्याउन सक्यौ भने त्यसले आन्तरिक पूँजीलाई परिपुरकको काम गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL