Logo

फोहोर व्यवस्थापन गर्न नेपवेष्टसँग सम्झौता, ५ अर्ब लगानी, काठमाडौंबाट यसरी उठाइन्छ फोहोर !

फोहोर व्यवस्थापन गर्न नेपवेष्टसँग सम्झौता, ५ अर्ब लगानी, काठमाडौंबाट यसरी उठाइन्छ फोहोर !


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनका लागि लगानी बोड र नेपवेष्टबीच प्रारम्भिक आयोजना विकास सम्झौता (पीडीए) भएको छ । काठमाडौंबाट निष्कने फोहोर व्यवस्थापन तथा त्यसबाट अन्य कार्य गर्नका लागि दुई संस्थाबीच प्रारम्भिक पीडीए भएको हो । उक्त सम्झौतामा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी र नेपवेष्टका अध्यक्ष संगीता श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

प्ररम्भिक सम्झौतासँगै बोर्डले पीडीएलाई अन्तिम रुप दिन विभिन्न सरोकारवाला निकायसँग छलफल अघि बढाउने भएको छ । प्रारम्भिक पीडीए एक चरणको सफलता भएको र यसलाई अबका दिनमा स्थानीय निकायसँग राय लिएर बोर्ड बैंठक तथा मन्त्रिपरिषद्बाट पारित गराई कार्यान्वयनमा ल्याईने अधिकारीले जानकारी दिए ।

सम्झौता अनुसार नेपवेष्टले काठमाडौं जिल्लाको किर्तीपुर नगरपालिका बाहेर अन्य सबै क्षेत्रको फोहोर संकलन गरी प्रयोगका ल्याउने छ । त्यसरी संकलन गरिएको फोहोरबाट ५ मेगावाटसम्म बिजुली उत्पादन, कम्पोष्ट मल, प्राकृतिक ग्यास तथा इन्धन उत्पादन गरिनेछ । काठमाडौंबाट संकलित फोहोरको २० प्रतिशतमात्र ल्याण्डफिल्ड साइडमा लगेर फालिनेछ ।

अबको २ महिनाभित्र पीडीएलाई अन्तिम रुप दिइने र त्यसको ३ बर्षभित्रमा निर्माण सम्पन्न गरी कार्यान्वयनमा ल्याइने अधिकारीले जानकारी दिए । ‘पीडीएको भएको ९ महिनामा भित्र नेपवेष्ट कम्पनीले वित्तीय व्यवस्थापन गर्नेछ,’ उनले भने, ‘वित्तीय व्यवस्थापन भएसँगै सम्बद्ध कम्पनीले काठमाडौंबाट फोहोर संकलन गर्न थाल्ने छ ।’ अबको ५ महिनाभित्र नेपवेष्टले काठमाडौंबाट फोहोर संकलन कार्य शुरु गर्ने समेत अधिकारीले जानकारी दिए ।

कार्यक्रममा नेपवेष्टका अध्यक्ष संगीता श्रेष्ठले पनि काठमाडौंको फोहोर व्यवस्थापनका लागि सरकारसँग ठूलो र महत्वपूर्ण सम्झौता गरिएको बताईन् । ‘लामो समयको प्रयासपछि हामीले प्रारम्भिक पीडीए गर्न सफल भएका छौं,’ उनले भनिन्, ‘अब यसलाई निर्माणचरणमा लगेर जतिसक्दो कार्यान्वयनमा ल्याउने छौं ।’

जस अनुसार नेपवेष्टले काठमाडौंबासीका घरघरमा गएर फोहोर संकलन गर्नेछ । जसका लागि प्रतिघर परिवार २ सय १९ रुपैयाँ लिन पाउने उक्त सम्झौतामा उल्लेख छ । यस्तै आयोजना निर्माता कम्पनीले काठमाडौं जिल्ला भित्र रहेका सडक सफा, मठ मन्दिरमा भएको फोहोर संकलन, नदी किनारा तथा करिडोरलगायत सम्पूर्ण क्षेत्रको फोहोर संकलन तथा सफा गर्ने छ ।

सर्वजनिक–निजी–सरकारी मोडल अन्तरगन निर्माण गर्न लागिएको सो आयोजनाको निर्माण सम्पन्न गर्न ५० मिलियन डलर अर्थात ५ अर्ब रुपैयाँभन्दा बढी लाग्ने पीडीएमा उल्लेख छ । त्यसरी संकलन गरिएको फोहोर प्रशोधन टेकुमा गरिने छ भने अन्य फोहोर व्यवस्थापनको लागि बञ्चरेडाडा लगिने छ । हाल कम्पनीले बञ्चरेडाडामा फोहोर व्यवस्थापनको लागि कम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL