Logo

मेलम्चीकै चालमा काठमाडौं टावर, पुरा हुनुपर्ने समयमा ‘अण्डरग्राउण्ड’ काम नै बाँकी

मेलम्चीकै चालमा काठमाडौं टावर, पुरा हुनुपर्ने समयमा ‘अण्डरग्राउण्ड’ काम नै बाँकी


बिजखबर संवाददाता
0
Shares

अनिल न्यौपाने

काठमाडौं । सम्झौता अनुसार निर्माण पुरा हुनुपर्ने समय नजिकिदैं गर्दा पनि काठमाडौं भ्यू टावरको जमिनमुनीको काम पनि पुरा हुन सकेको छैन ।

आगामी साउनसम्ममा निर्माण सक्ने गरी काठमाडौं महानगरपालिकासँग सम्झौता भएकोमा ठेकेदार कम्पनीले जमिनमुनीको ७५ प्रतिशत मात्र काम पुरा गरेको हो ।

काठमाडौं महानगरपालिकाले ठेकेदार कम्पनी जलेश्वर स्वच्छन्द विकोईलाई २०७२ साल साउनमा टावर निर्माणको जिम्मा दिएको थियो । त्यतीबेला महानगरपालिकाले २०७५ साल साउनमा निर्माण सम्पन्न गर्ने शर्त राखेको थियो ।

निर्माणको जिम्मेवारी पुरा भएको ३१ महिनापछि पनि भवनको पूर्वाधार निर्माणको काम शुरु हुन सकेको छैन ।

महानगरपालिकाका अनुसार आगामी साउन महिनापछी कम्पनीले महानगरलाई मासिक ३५ लाख रुपैयाँ बुझाउनुपर्ने सम्झौता छ । कम्पनीले तोकेको अवधिमा काम सम्पन्न नगरे पनि सम्झौता अनुसार राजस्व लिने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए ।

‘हामीले  तीन बर्षका लागि सम्झौता गरेपनि ठकेदार कम्पनीले १८ महिनामा काम सकाउने अनुमान गरेको थियौं, तर अहिलेसम्म जमिनमुनीको काम पनि सकेको छैन’ उनले भने ‘यसबाट हुने घाटा कम्पनी आफैले बेहोर्ने छ ।’

टावर निर्माण कार्यमा प्रगती नभएको भन्दै महानगरपालिकाले ठेकेदार कम्पनिसँग ठेक्का रद्द गर्ने चेतावनी दिएको थियो । पछी कम्पनीले निर्माण कार्य तिव्र बनाउने प्रतिवद्धतासहित पत्राचार गरेपछी महानगरपालिकाले अवसर दिएको थियो ।

भ्यू टावर निर्माण भएको ३० बर्षसम्म कम्पनी आफैले सञ्चालन गर्ने र त्यसपछी महानगरपालिकालाई हस्तान्तरण गर्नुपर्ने छ । कम्पनीले बनाउन लागेको काठमाडौं भ्यु टावरको लागत साढे ३ अर्व अनुमान गरिएको थियो । टावरले ओगट्नेमध्ये २० प्रतिशत स्थान पार्किङका लागि छुट्याइने छ ।

टावरको ‘ग्राउन्ड फ्लोर’मा अरनीको बसको पार्किङ र माथि दुई ओटा तलामा उपत्यकाका सार्वजनिक सवारी तथा हलुका गाडीहरुको पार्किङ रहनेछ । सो भवनमा व्यवस्थित सिनेमा हल, थिएटर, स्वीमिङ पुल, रेष्टुराँ, बैंक तथा कामनपाको वडा कार्यालय समेत रहने छ ।

नेपाली संस्कृति झल्कने विभिन्न स्वदेशी उत्पादनका साथै विदेशी सामग्रीहरु राखिने छ । सो भवन मौलिकपन झल्काउन सोही अनुरुपका बस्तुहरु प्रतिविम्वको रुपमा राख्ने बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL