Logo

कार पछि बस र ट्रकको ब्यापारमा लक्ष्मी ग्रुप, चैतबाट बिक्री शुरु

कार पछि बस र ट्रकको ब्यापारमा लक्ष्मी ग्रुप, चैतबाट बिक्री शुरु


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । प्यासेन्जर्स भेइकलमा सफलता हात पारेको लक्ष्मी ग्रुपले कमर्शियल भेइकल पनि बिक्री गर्ने भएको छ । सन् २००९ देखि लक्ष्मी ग्रुप अन्तरगतको लक्ष्मी इन्टरकन्टिनेन्टलले कोरियाली मोटर निर्माता हुण्डाई कम्पनीको कार बिक्री गर्दै आएको थियो । तर, अबका दिनमा लक्ष्मी ग्रुपले जापानिज मोटर निर्माता कम्पनी इसुजुका ट्रक तथा बस बिक्री गर्न लागेको हो ।

हाल एसएमएल इसुजुका ट्रक तथा बस बिक्रीका लागि सम्पूर्ण तयारी पुरा भएको उक्त कम्पनीका निर्देशक दिपक थापाले बिजखबरलाई बताए । ‘हामीले चैतदेखि व्यवसायीक रुपमा बिक्री गर्ने गरी काम अघि बढाएका छौं,’ थापाले भने, ‘हाल कर्पोरेट अफिस स्थापना भएको र अहिले शोरुम बनाउने काम भइरहेको छ ।’ साथै कम्पनीले एसएमएल इसुजु तथा इसुजु दुबै ब्राण्डका सवारीसाधन बिक्री गर्ने समेत उनले जानकारी दिए ।

इसुजु मोटर्सको पनि कर्पोरेट अफिस हाल हुण्डाई रहेको नक्साल स्थित भवनमा नै रहेको छ । साथै शोरुम पनि नक्साल मै बनाउन लागिएको उनले जानकारी दिए । हाल शोरुम पनि निर्माणसम्म हुन लागेको र केही समयभित्रै इसुजुका बस तथा ट्रक ल्याएर बिक्री गरिने उनले जानकारी दिए ।

हाल नेपालमा इसुजुका बस तथा ट्रक नेशनल मोटर्सले बिक्री गर्दै आएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL