Logo

प्रधानमन्त्रीले भने, अब घरजग्गा धितोमा होइन आयोजना जमानीमा ऋण दिइन्छ

प्रधानमन्त्रीले भने, अब घरजग्गा धितोमा होइन आयोजना जमानीमा ऋण दिइन्छ


बिजखबर संवाददाता
132.3k
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबका दिनमा घरजग्गा भन्दा पनि आयोजना जमानीमा कर्जा दिइने बताएका छन् । ‘हामीले कसको जग्गा जमिन कति छ भनेर कर्जा दिने होइन कसले के काम गर्दै छ त्यसलाई लगानी गर्ने हो,’ आफुलाई भेट गर्न बालुवाटार पुगेका चेम्बरका पदाधिकारीलाई अर्थमन्त्री डा. युवराज खतिवडा सहितको रोहबरमा भने, ‘हामीले उद्योगीको घरजग्गामा लगानी गर्ने होइन उनीहरुले गर्ने कामका लागि पैसा दिने हो ।’

साथै कमिशन र भनसुनका भरका बैंक वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा खराब ऋण बढेको समेत उनको आरोप थियो । ‘अहिले बैंक वित्तीय संस्थाले पुल मुनिका, खोला किनार तथा भिरपाखाका जग्गामा अनुगमन नै नगरी लगानी गरिरेका छन्,’ उनले भने, ‘धितो हेर्न जाने बैंकका कर्मचारीलाई ऋणीले साडीलगायका उहार किनिदिन लैजान्छ अनि उसले कसरी गरोस उसले अनुगमन ?’ सरकारले अबका दिनमा रोजगारी दिने क्षेत्रलाई बढी प्राथमिकता दिँने बताउँदै सोही अनुरुप ऋण लागनी गर्ने नीति लिने समेत उनले बताए ।

उनका अनुसार सरकारले रोजगारी सिर्जना गरी देशको कुल ग्राह्स्थ्य उत्पादनमा सहयोग पुर्याउने उद्योगका लागि सस्तो व्याजदरमा कर्जा प्रबाह गर्ने नीति लिने छ । तर, अनुत्पादक तथा लक्जरी क्षेत्रमा भने बढी ब्याज लगाईने छ ।

यसैगरी अबका दिनमा सरकारी कार्यालयको दराजमा फाइलले फुल नपारी उक्त फाइल अघि नबढ्ने प्रथाको समेत अन्त गरिने उनको दबी थियो । ‘अहिले पैसा दिएपछि मात्रै कर्मचारीले सेवाग्राहीका फाइल अघि बढाउँछन् भन्ने गुनासो आइरहेको छ,’ उनले भने, ‘अब कर्मचारी हो वा राजनीतिज्ञ घुसखोरी गर्ने कसैलाई पनि छाडिनेछैन ।’ यो सरकार देश बनाउनका लागि आएको जानकारी दिँदै व्यापारीलाई दुःख दिएर कमाउने प्रथाको अन्त्य गरिने समेत उनको उद्घोष थियो । साथै उद्योगी व्यापारीले पनि आफुले सहज रुपमा कमाउने बाटो खोजेर कर्मचारीलाई भ्रष्टाचारी नबनाउन आग्रह गरे । ‘यदि देश बनाउने हो भने खाने र खुवाउने प्रथाको अन्त्य गर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि सरकार र व्यवसायी हातेमालो गरेर अघि बढ्नुपर्छ ।’

सरकार द्धुत गतिको आर्थिक बृद्धिदरका लागि प्रयत्नशिल रहेको जानकारी दिँदै आगामी बर्षदेखि देशले दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने बताए । अबको १ बर्षमा दोहोरो अंकको आर्थिक बृद्धिका नजिक पुग्ने र त्यसपछिका दिनमा उच्च अंक सहितको दोहोरो अंकको आर्थिक बृद्धिदर हासिल गर्ने समेत उनको दाबी थियो । अबका दिन सरकार टेलिभिजनमा अर्थविद्ले बोलेको जस्तो आर्थिक बृद्धि नभई सामान्य जनतालाई समेत आभास हुने खालको आर्थिक सुधार गर्न प्रयत्नशिल रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

यदि देशको ब्यापार घाटा कम गर्ने हो भने देखावटी रुपमा गरिने ‘सपिङ’लाई बन्द गर्न समेत आग्रह गरे । ‘हामीलाई दैनिक जीवनमा चाहिले सामाग्री मात्र आयात गरौं अनावश्यक बस्तु आयात किन गर्ने ?,’ उनले भने, ‘यदि ब्यापार घाटा कम गर्ने हो भने बोलेर मात्रै हुँदैन ब्यवहारमा पनि उतार्न सक्नुपर्छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL