Logo

चुनौतीकाबीच गठबन्धनलाई खतिवडाको भरोसा, जकडिएको अर्थतन्त्र ‘ट्रयाक’मा ल्याउलान ?

चुनौतीकाबीच गठबन्धनलाई खतिवडाको भरोसा, जकडिएको अर्थतन्त्र ‘ट्रयाक’मा ल्याउलान ?


बिजखबर संवाददाता
648
Shares

सरकारले अर्थमन्त्रीमा डा. युवराज खतिवडालाई नियुक्त गरेसँगै धेरैले अर्थतन्त्रमा सुधार आउने अपेक्षा गरेका छन् । देशको शोधनान्तर बचत तथा चालू खाता दुबै ऋणात्मक भएको र अन्य परिसुचक परिसुचक समेत नकारात्मक भएको अवस्थामा त्यसलाई उकास्न नवनियुक्त अर्थमन्त्री डा. खतिवडालाई भरोसाको रुपमा हेरिएको छ ।

यस अघिकोे शेरबहादुर देउवा नेतृत्वको सरकारले अन्तिम सयममा आएर अनावश्यक निर्णय गर्दै देशलाई आर्थिक भार बोकाएर गएको अवस्थामा अब अर्थतन्त्र चलायनमा बनाउन निकै कठिन पर्ने देखिन्छ । देउवा सरकारले राज्यलाई झण्डै १ खर्ब रुपैयाँ बराबरको आर्थिक दायित्व पर्नेगरी आर्थिक सहयोग वितरण गर्ने निर्णय गरेको छ । भूकम्पपीडितलाई पहिला दिइरहेको रकममा प्रतिघर परिवार रु १ लाख थप दिने भनिएको छ । यसबाट झण्डै ८० अर्ब रुपैयाँ आर्थिक दायित्व थपिनेछ भने जीविकोपार्जन भत्ताका नामले स्वास्थ्य मन्त्रालयलाई १२ करोड निकासा दिइसकेको छ ।

मृगौला, मुटुरोग लगायत गम्भीर प्रकृतिका रोगीहरुलाई जीविकोपार्जन भत्ताका नामले मासिक ५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरको छ जसका लागि राज्यले २ अर्ब रुपैयाँ वितरण गर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा अर्थमन्त्री नियुक्त भएसँगै डा. खतिवडाले आफ्ना प्रतिवद्धताहरु जाहेर गरेका छन् । उनले भनेका छन्, केही नयाँ कुरा बाहेक काम गर्दा हिजोको कुरालाई नै निरन्तरता दिने हो । साथै प्रधानमन्त्रीबाट आउने निर्देशनलाई पनि समेटेर काम गरिनेछ । आफुलाई विकासको चिन्तक गर्ने व्यक्तिको परिचय दिँदै सोही मान्यता अनुरुप काम गर्ने बताए ।

उनले प्रधानमन्त्रीका ऐजेन्डा कार्यान्वयन तथा संविधानमा उल्लेख भए बमोजिमको आर्थिक नीति अनुसार चल्ने प्रतिवद्धता जाहेर गरेका छन् । अहिले देशको अर्थतन्त्रमा बिकृति मौलाएको र आर्थिक क्षेत्रमा अनुशासन कायम राख्ने आफ्नो प्रमुख काम भएको बताएका छन् ।
विशेषगरी अहिले बाम गठबन्धनको सरकार भएको र निर्वाचनका क्रममा जनतासामु गरिएका प्रतिवद्धता पूरा गर्न लागि पर्ने उनको भनाइ थियो । यसैगरी अन्तराष्ट्रिय क्षेत्रसँग गरिएको प्रतिबद्धता र देशलाई विकाशिल राष्ट्रमा लैजाने प्रतिबद्धतालाई पुरा गर्ने बताएका छन् ।

संविधानले निर्दिष्ट गरे अनुरुप आर्थिक विकासको लागि राज्य निजी क्षेत्र र सहकारी क्षेत्रको साझेदारीमा अगाडि बढ्ने र त्यस्ता कार्यमा राज्यले सुरक्षा दिने उनको उनको भनाइ थियो । वित्तीय प्रणालीलाई उत्पादनसँग जोडेर अगाडि बढाउनुपर्छ । त्यसमा हामीले काम गर्ने छौ । अहिले उच्च व्यापारघाटा छ जसले गर्दा शोधनान्तर स्थिती घाटामा गएको छ ।

आर्थिक बृद्धिदरलाई अगाडि बढाउने काम निजी क्षेत्रको भएको र अर्थिक बृद्धिदरको इन्जिन निजी क्षेत्र नै भएको उनको भनाइ थियो । आन्तरिक तथा बाह्य लगानीलाई आकर्षिक तथा लगानी बोर्डलाई प्रभाबकारी रुपमा कार्यान्वयनमा ल्याउने जानकारी दिँदै सबै खालका बैदेशिक सहायतालाई देश हित हुनेगरी ल्याएर विकासमा अगाडि बढाइने बताए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL