Logo

पर्यटन बोर्डका तत्कालीन कामु सिइओ निरौला भ्रष्टचारी ठहर, ७ बर्ष जेल र साढे ८० लाख जरिवाना

पर्यटन बोर्डका तत्कालीन कामु सिइओ निरौला भ्रष्टचारी ठहर, ७ बर्ष जेल र साढे ८० लाख जरिवाना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल पर्यटन बोर्डका तत्कालीन कायमुकायम कार्यकारी प्रमुख  सुवास निरौला दोषी ठहरिएका छन् ।

विशेष अदालतले नेपाल पर्यटन बोर्डको घोटाला प्रकरणमा सुवास निरौलासहित तीन जनालाई दोषी ठहर गरेको हो । २० जनाले भने सफाइ पाएका छन् ।

विषेश अदालतले पर्यटन बोर्डका  निरौलालाई ७ वर्ष कैद र ८० लाख ५१ हजार जरिवाना पनि तोकेको छ ।

त्यस्तै अनिलकुमार दासलाई ६ वर्ष कैद सजाय सुनाएको छ । अदालतले महेन्द्र खनाललाई पनि दोषी ठहर गरेको हो ।

भ्रष्टाचारको अभियोगमा मुद्दा खेपेका नेपाल पर्यटन बोर्डका तत्कालीन निमित्त प्रमुख निरौला ३ करोड धरौटी बुझाएर छुटेका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL