Logo

युवराज खतिवडा पनि अब सांसद, सरकारको सिफारीलाई राष्ट्रपतिको स्वीकृति

युवराज खतिवडा पनि अब सांसद, सरकारको सिफारीलाई राष्ट्रपतिको स्वीकृति


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । युवराज खतिवडा पनि अब सांसद  भएका छन् । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले  मनोनित गरेसँगै सांसद भएका हुन् । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष खतिवडासँगै  संविधानविद रामनारायण बिडारी र डा. विमला राई पौड्याललाई राष्ट्रियसभा सदस्यमा  भण्डारीले सरकारको सिफारिसमा  मनोनित गरेकी हुन् । यससँगै संघिय संसदले पूर्णता पाएको हो ।

भण्डारीले नेपालको संविधानको धारा ८६ को उपधारा ९२० को खण्ड (ख) बमोजिम नेपाल सरकारको सिफारिसमा तीनै जनालाई राष्ट्रिय सभा सदस्यमा मनोनीत गरेको राष्ट्रपति कार्यलयद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उनीहरुलाई राष्ट्रिय सभामा सिफारिस गरेको थियो ।
राष्ट्रपतिले मनोनीत गरेसँगै ५९ सदस्यीय राष्ट्रियसभाले पूर्णता पाएको छ । राष्ट्रियसभामा निर्वाचित ५६ र मनोनीत ३ जना रहने संवैधानिक व्यवस्था छ ।

यसअघि देउवा सरकाले गोपाल बस्नेत, चाँदनी जोशी र कृष्णप्रसाद पौडेलको नाम राष्ट्रिय सभा सदस्यको नियुक्तिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको थियो । तर, प्रम केपी ओली नेतृत्वको सरकारले सो निर्णयलाई बदर गर्दै नयाँ सदस्य सिफारिश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL