Logo

ताप्लेजुङमा अर्को ठूलो जलविद्युत आयोजना, ४४ अर्ब लगानीमा २८४ मेगावाट उत्पादन हुने

ताप्लेजुङमा अर्को ठूलो जलविद्युत आयोजना, ४४ अर्ब लगानीमा २८४ मेगावाट उत्पादन हुने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । ताप्लेजुङमा २८४ मेगावाटको नयाँ जलविद्युत आयोजना सञ्चालनमा आउने भएको छ ।

तमोर सानिमा इनर्जी प्रालीले ताप्लेजुङको फकतांलुङ गाउँपालिकामा सो आयोजना सञ्चालनमा ल्याउन लागेको हो । उद्योग विभागका अनुसार ताप्लेजुङमा विद्युत उत्पादनको उद्देश्यसहित कम्पनीले गत मंसिर १२ गते आयोजना दर्ता गरेको हो ।

निर्माणाधिन अवस्थामा रहेको सो आयोजनाले विद्युत उत्पादनको उद्देश्यसहित उद्योग विभागमा पेस गरेको प्रस्ताव स्वीकृत भएसँगै अन्य प्रक्रियाका लागि बाटो खुलेको हो ।

तमोर सानिमा इनर्जी प्रालिको कूल पूँजी ४४ अर्ब ३९ करोड रुपैयाँ रहेको उद्योग विभागले जानकारी दिएको छ । जसमध्ये ४३ अर्ब ७९ करोड स्थिर र ६० करोड रुपैयाँ चालु पूँजी हो । आयोजना सञ्चालनमा आएसँगै ७ हजार ६ सय जनाले प्रत्यक्ष रुपमा रोजगारी पाउने विभागले जानकारी दिएको छ । आयोजनाको प्रवद्र्धकमा सानिमा हाइड्रोपावर लिमिटेड छ ।

त्यसो त सानिमा हाइड्रोपावरले ताप्लेजुङकै खोक्लिङ गाविसमा ५४ मेगावाटको आयोजना निर्माणको काम अघि बढाएको छ । तमोर सानिमाको सञ्चालकमा जुगल भुर्तेल र डा. सवर्ण दास श्रेष्ठ रहेका छन् ।

निजी सरकारी कम्पनीका साथै गैरआवासिय नेपालीको संयुक्त  लगानी यस आयोजनामा छ ।

प्रतिक्रिया दिनुहोस्
MBL