Logo

नेपाल अझै ३ बर्ष अतिकम विकसित राष्ट्रको सूचीबाट नहट्ने

नेपाल अझै ३ बर्ष अतिकम विकसित राष्ट्रको सूचीबाट नहट्ने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल अझै ३ बर्ष अतिकम विकसित मुलुकबाट स्तरोन्नती नहुने भएको छ । संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०१८ मै अतिकम विकसित मुलुकबाट स्तरोन्नती गर्न लागेपनि त्यसलाई नगर्न आग्रह गरिएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. स्वर्णिम वाग्लेले जानकारी दिए ।

वाग्लेका अनुसार संयुक्त राष्ट्र संघले सन् २०१८ को मार्चमा हुने सम्मलेनमार्फत नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट हटाउने बताएको थियो । तर, अहिले नै नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीबाट हटाउन नहुने भन्दै नेपाल सरकारले राष्ट्र संघलाई जानकारी गराएको उनले बताए ।

पछिल्लो समय नेपालीको आम्दानी, शिक्षा तथा स्वास्थ्यको स्तरमा सुधार आएपनि धेरैजसो सुचकांकमा सुधार नआएका कारण हटाउन नमिल्ने जानकारी गराइएको उनले बताए । ‘पछिल्लो समय नेपालमा भुकम्प तथा बाढीका कारण ठूलो समस्या परेको छ,’ उनले भने, ‘तसर्थ अन्य मुलुकको सुचकांक हेरेर नेपाललाई अतिकम विकसित मुलुकको दाजोबाट हटाउन नमिल्ने भन्दै  नेपालको तर्फबाट राष्ट्र संघलाई जानकारी गराएका छौं ।’

सन् १९७१ देखि अतिकम विकसित राष्ट्रको सूची तयार गर्दै आएको राष्ट्र संघले हरेक ३/३ बर्षमा परिमार्जन गर्दै आएको थियो । यसपटक मार्चमा नेपालाई उक्त सूचीबाट हटाउन लागेपनि नेपाल सरकारले नहटाउन अग्रह गरेका कारण सन् २०२१ सम्मलाई यथावत नै रहन सक्ने उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL