Logo

उत्पादन दोब्बर बनाउँदै उदयपुर सिमेण्ट, सरकारसँग माग्यो २ अर्ब १२ करोड ऋण

उत्पादन दोब्बर बनाउँदै उदयपुर सिमेण्ट, सरकारसँग माग्यो २ अर्ब १२ करोड ऋण


रक्षा रेग्मी
0
Shares

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगले सरकारसँग २ अर्ब १२ करोड रुपैयाँ ऋण माग गरेको छ । उद्योगको उत्पादन क्षमता दोब्बर बनाउने उद्देश्यसहित उद्योगले ऋणका लागि प्रस्ताव पेश गरेको उद्योगका महाप्रबन्धक सुरेन्द्र पौडेलले जानकारी दिए ।

सरकारले दुई अर्ब १२ करोड रुपैयाँ ऋण अनुदान उपलब्ध गराएपछि उद्योगको दैनिक उत्पादन क्षमता १८ सय मेट्रिक टज पुर्याउने उनले बताए । बढीमा साढे ३ बर्षभित्र सरकारको ऋण तिर्ने कार्ययोजनासहित क्षमता दोब्बर बनाउन ऋण माग गरिएको उनले जानकारी दिए । उनका अनुसार उद्योग स्थापना गर्दा नेपाल सरकारलाई उदयपुर सिमेन्टले ६ अर्ब ५५ करोड ६२ लाख तिर्नुपर्ने थियो । जसमध्य करिव दुई अर्ब तिर्न बाँकी छ । सरकारले अनुदान आगामी साढे ३ बर्षभित्र सबै ऋण तिरिसक्ने महाप्रबन्धक पौडेलको भनाइ छ ।

                              महाप्रबन्धक सुरेन्द्र पौडेल

उद्योगले पछिल्लो एक वर्षयता लक्ष्यभन्दा बढी उत्पादन र नाफा दिन थालेसँगै क्षमता विस्तारको योजना अघि सारेको हो । उद्योगले अहिले स्थापनायताकै सबैभन्दा बढी सिमेन्ट उत्पादन गरेर किर्तिमानी राखेको छ । उद्योगले गत बुधबार मात्र ७७० मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो । जुन क्षमताको ९६ प्रतिशत हो । विगत केही समययता उदयपुर सिमेन्ट उद्योगले दैनिक औषत ७१५ मेट्रिन सिमेन्ट उत्पादन गर्दै आएको छ । सो उद्योगको दैनिक उत्पादन क्षमता ८ सय ४० टन छ ।

उदयपुर सिमेन्टलाई मुलुककै उत्कृष्ट सरकारी उद्योगका रूपमा स्थापति गर्ने उद्देश्यसति क्षमता विस्तार गर्न लागिएको महाप्रबन्धक पौडेलले जानकारी दिए । स्थापना बर्षकै अनुपातमा उद्योगले आफ्नो क्षमतालाई ९० प्रतिशतभन्दा माथि उपयोग गर्दै आएको उनको दाबी छ । उद्योगले चुनढुंगाको उपयोग गरि क्लिंकर उत्पादन गरेर निजी उद्योगलाई बेच्ने योजना पनि बनाएको छ । यसका लागि त्रियूगा नगरपालिका १६ मा चुनढुंगा खानीको उत्खनन गरी ल्याउदै आएको छ ।
सरकारले आर्थिक अनुदान वा ऋण उपलब्ध गराएमा उद्योगमा रहेको प्राविधिक जनशक्ति र यही प्लान्टलाई नै उपयोग गरेर चार महिनाको अवधिमा दैनिक १८ सय टन उत्पादन गर्ने उद्योगको तयारी रहेको छ ।


योजना सफल हुनासाथ मुलुकको ७० प्रतिशत सिमेन्टको मागलाई सहजै परिपूर्ति गर्न सकिने पौडेलको दाबी छ । जापान सरकारले नेपाललाई उद्योग हस्तान्तरण गरेदेखि हालसम्मको सबैभन्दा ठूलो परिमाणमा उत्पादन गर्न सकिएको हो ।

२०४४ सालमा स्थापना भएपनि २०४९ साल मंसिरबाट उदयपुर सिमेण्टले उत्पादन सुरु गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL