Logo

यी ठुला परियोजना, जसले २०३०सम्म विश्वलाइ यसरी परिवर्तन गर्नेछन्

यी ठुला परियोजना, जसले २०३०सम्म विश्वलाइ यसरी परिवर्तन गर्नेछन्


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । विश्व दु्रत गतिमा शहरीकरणतिर लम्किरहेको छ । संयुक्त राष्ट्रसंघका अनुुसार सन २०५० सम्ममा विश्वको जनसंख्या अहिलेको दोब्बर भएर साढे ६ अर्व पुग्नेछ । पेरिस, न्युयोर्क तथा टोकियो जस्ता विश्वका ठुला शहरहरुले वढ्दो जनसंख्यालाइ समायोजन गर्न पार्क, विद्यालय तथा सबवेलगायत मानव स्रोत साधन लाइ भव्य पुनर्विकाशको एउटा पाटोको रुपमा लिएका छन । यस्तै यी शहरहरु आगामी केही दशकमा अन्य शहरहरु भन्दा वेग्लै देखिनेछन । हामी यहाँ यस्तै शहरहरुको बारेमा चर्चा गर्नेछौ ।
साङघाइ, चिन ‘टोडटाउन’
टोडटाउन हाल निर्माणाधिन साङघाइको मिनहाङ जिल्लामा नयाँ मिश्रीत विकाश प्रयोग गरीएकोे सहर हो । जसलाइ सन् २०२० सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो शहरमा १ हजार अपार्टमेन्ट एकाइ, १३ लाख वर्ग फुटमा फैलिएको सपिङ मल, एक अतिरिक्त ५ लाख ८० हजार वर्गफुटमा खुद्रा, १५ लाख वर्गफुटमा फैलिएको खाली ठाउँ तथा ५३ हजार वर्गफुटमा फैलिएको सांस्कृतिक केन्द्र समावेश हुनेछन् । यसैगरी उक्त शहरलाइ हरियोपनमा ढाल्न घरका छत देखि मिनी पार्कहरु पनि हरियाली पारिनेछ । यस शहरका मुख्य योजनाकार शिकागो स्थित ‘आर्कीटेक्चर फर्म गोएट्स्क पार्टनर्स’ तथा हङकङस्थित ‘स्टुडियो ८’ हुन । उक्त शहरकोे लागत १ अर्व ५० करोड अमेरिकी डलर रहेको छ । जसलाइ सन २०१४ बाट निर्माण थालिएको हो ।

कायरो, इजिप्ट ‘न्यु कायरो क्यापिटल’

पूर्वी कायरोमा निर्मीत न्यु कायरो क्यापिटल नाम दिइएको यो शहर २ सय ७० वर्ग माइलमा फैलिएको २१ ओटा नयाँ आवासीय जिल्ला हो । जुन ५ लाख जनताको आवासका लागि प्रशस्तै हुनेछ । अहिले यो शहरको निर्माण चीनका विकाशकर्ताहरुले गरिरहेका छन् । सिएनएनका अनुसार चीनको ‘चाइना फर्चुन ल्यान्ड डेभलपमेन्ट’ कम्पनीले २० अर्वको लागतमा उक्त परियोजना निर्माणको जिम्मा सन् २०१६ मा लिएको हो । उक्त निर्माणाधिन जिल्लामा पनि १२५० ओटा मस्जिद तथा चर्चहरु, ५ हजार सिटयुक्त सभाहल, २ हजारओटा विद्यालय तथा कलेजहरु, ६ सयओटा मेडिकल सुविधाहरु तथा विश्वको सबैभन्दा ठुलो पार्क पनि हुनेछन । इजिप्टका आवास मन्त्री मोस्ताफा मडबोलीले बिबिसीलाइ भने ‘यो परियोजना ४५ अर्व अमेरिकी डलरमा निर्मीत संरचना हो, जसलाइ सन २०१५ मा निर्माण सुरु गरिएको थियो ।’ सन् २०२२ सम्ममा निर्माण गरिसक्ने अनुमान रहेको बताए ।’

पेरिस, फ्रान्स ‘युरोपा सिटी’

२०१६ मा पेरिसको उत्तरी भागमा युरोपा सिटी नामक ८६ लाख वर्गमाइलमा मिश्रीत विकाश प्रयोग गरी शहरको निर्माण शुरु गरियो । जसलाइ डेनिसको ‘आर्कीटेक्चर फर्म बिजार्के इङगेल्स गू्रपले’ डिजाइन गरेको हो । उक्त सिटीमा पनि विभिन्न प्रकारका पसलहरु, आवास तथा रेस्टुराँहरु हुनेछन् । तर के कति हुने भन्ने अहिलेसम्म पुष्टी भएको छैन । यो शहरमा विभिन्न प्रकारका प्लाजा, कृतिम स्कि स्लोप, खुला हिड्ने बाटाहरु गल्फ प्रणाली तथा नयाँ परागमन प्रणाली पनि भित्र्याउने तयारीमा भइरहेको छ । अहिलेसम्म गाउँकै रुपमा रहेको ‘ट्राइएङगल द गोनेस्से’ नामक उपनगरमा यो संरचना निर्माण गरिनेछ । तर यसका विकाशकर्ताका अनुसार ३ अर्व ४ करोडको लगानीमा बन्न लागेको उक्त परियोजनाको उद्देश्य गाउँलाई शहरसंग जोड्ने तथा कोलाहलको कमी ल्याउनु हो । उक्त संरचना सन् २०१६ मा निर्माण सुरु गरि सन २०२४ सम्ममा सक्ने लक्ष्य लिइएको छ ।
इस्तानवुल, टर्कि ‘न्यु सीटी इस्तानवुल’

यो शहर ८ हजार बर्ष पहिलेको नदी किनारको शहरको याद दिलाउनका लागी निर्माण थालिएको संरचना हो । सन २०१६ मा महानगर परिषदले इस्तानवुल केन्द्रका ७ ओटा टावर लगायत लगभग ५० हजार ओटा आवासको स्वीकृती दियो । ९३ लाख ६ हजार वर्गफुटमा फैलिएको उक्त क्षेत्रमा पहिले आर्मी जोन रहेको स्थानीय समाचार आउटलेट ‘डेली सवह’ ले बताएको छ । यस संरचनामा सपिङ सेन्टर, ६ हजार २ सय ओटा अन्डरग्राउन्ड पार्किङ ग्यारेज, लगभग २७ लाख वर्गफुटको पार्क, सिनेमा हल, वरफ रिङक तथा विश्वको ठुलो विमानस्थलको रुपमा अनसमान गरिएको विमानस्थलको निर्माण गरिनेछ । सन् २०१६ मा सुरु गरिएको उक्त परियोजनाको निर्माण सम्पन्न मिती तथा यसको लागतबारे अहिलेसम्म खुलाइएको भने छैन ।

न्यु योर्क सिटी, अमेरीका ‘द वलर््ड ट्रेड सेन्टर साइट’

सन् २००१को सेप्टेम्वर १ को आक्रमणमा परेको म्यानहट्टन सहर अवस्थित १६ एकड भुभागको हाल पुनर्निमाण भइरहेको छ । जहाँ २ ओटा टावर खडा थिए । सन् २०१७ को जुलाइसम्ममा एउटा वल्र्ड ट्रेड सेन्टर ‘ शहरकै सवैभन्दा अग्लो गगनचुम्बि भवन जसलाइ फ्रिडम टावरका नामले पनि चिनिन्छ’ लगायत ११ ओटा वल्र्ड ट्रेड सेन्टर, १ नयाँ परागमन हब, ९ ओटा स्मारक ११ ओटा संग्रहालय, मल, तथा पार्कको निर्माण कार्य सकिएको छ । त्यसैगरी ३ ओटा अरु टावर, सानो चर्च तथा कला केन्द्रको निर्माण कार्य भइरहेको छ । यो संरचना सन २०२० सम्ममा निर्माण सम्पन्न हुने अनुमान गरिएको छ ।

साओ पाउलो, ब्रजिल ‘द सिटीज न्यु मास्टरप्लान’

सन २०१४ मा साओ पाउलोले एक नयाँ मास्टरप्लानको अनावरण गर्याे जसले आगामी २ दशकमा शहरलाइ नाटकीय रुपमा परिवर्तन गर्नेछ । अधिक जनतामुखी विकाशका रुपमा हेरिएको उक्त परियोजना बाइक लेन, बस लेन नयाँ आवास तथा विभिन्न पार्किङको व्यवस्थासहित अगाडि बढेको छ । अर्काे शहरका नामले चिनिएको यसले ५ लाख आवासहरुको सामना गर्नेछ । साओ पाउलोका लगभग १२ लाख मानिसहरु फेवलमा बस्दछन । नयाँ मास्टरप्लानका अनुसार ७ लाख १७ हजार ओटा नयाँ आवासिय एकाइको निर्माण गर्ने योजना छ । जसमध्ये २ लाख ४० हजार ओटा आवासलाइ २०३० सम्मको लागि सस्तोको रुपमा निर्माण गरिएको छ । सन २०१५ मा निर्माण सम्पन्न भएको ‘द सेन्ट्रो डि अक्का सोसल पोर मुसिका’ यस संरचनाभित्रको सबैभन्दा पहिलो योजना हो । जसमा ४ तलाको बस स्टप सहितको समुदाय केन्द्र, खेल मैदान, शहरी खेत, छत तथा प्रदर्शन हल समाबेश छन ।

टोकियो, जापान ‘सिवुया स्टेशन एरिया रिडेभलपमेन्ट’

टोकियो २०२० मा हुन गइरहेको ग्रिस्मकालिन ओलम्पिकको तयारी गरिरहेको छ । जसले शहरलाइ नयाँ विकाशमा ढाल्न श्रेय दिन्छ । सिटीवाइड तथ कम्तिमा ४५ नयाँ गगनचुम्वी भवनहरु सन् २०२० सम्म्मा ५० प्रतिशतले वढ्ने देखिन्छ । यस परियोजनामा संलग्न ७ अग्ला भवनहरुमध्ये ६ ओटा कार्यलय तथा खुद्राको लागि प्रयोग गरीने र एउटा ३२ तले कोन्डो भवन हुनेछ । यस परियोजनालाई सिवुया नदिको पुनर्निमाण पनि भनिएको छ । सन् २०१८ मा खोलिने उक्त परियोजनामा सांघुरो पैदलमार्ग रहनेछ जसमा पसलहरु तथा हरियालीयुक्त हुनेछ । वहूअर्व डलर लगानी भएको परियोजना सन् २०२० सम्ममा निर्माण सम्पन्न हुनेछ ।

लण्डन, इङल्यान्ड तथा एप्पलको बेलायतस्थित नयाँ केन्द्रको प्रतिपादीत वैटर्सिया पावर स्टेशन हो । यसको पुनर्निमाण प्रतिष्ठित विकाशको केन्द्र हा,े जसलाई १९७७ को द कभर अफ पिङक फ्लोएडको जनावरको आकृतिमा ढालिएको छ । लगभग १६ अर्व ५ करोड डलरको लागतमा बन्न लागेको उक्त संरचनामा अपार्टमेन्ट, होटेल, कार्यलय तथा आवासिय अनि व्यापारिक केन्द्र रहेका छन । यस परियोजनालाइ सात समुहमा विभाजन गरेर निर्माण थालिएको छ । जसमा सन २०१४ मा पहिलो समुहका निर्माणे सुरु गरियो र सन २०२५ मा अन्तिम समुहको निर्माण सम्पन्न गरिने अनुमान छ । प्रमुख विकाश अधिकारी देभ टोहीगका अनुसार ८ लाख वर्गफिटमा फैलिएको उक्त संरचना ३० बर्षमा सवैभन्दा ठुलो संरचना हो । एप्पलको लन्डन स्थित मुख्यालय सन २०२१ मा उक्त संरचनामा सर्नेछ । ४० प्रतिशतसम्म भवनको खाली ठाउँ आगट्ने विश्वास कम्पनीले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL