Logo

नेपाल औषधिको सिटामोल यसै महिनादेखि, फागुनबाट जुकाको औषधि

नेपाल औषधिको सिटामोल यसै महिनादेखि, फागुनबाट जुकाको औषधि


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल औषधि लिमिटेडले यसै महिना भित्र सिटामोल उत्पादन गर्ने भएको छ । सिटामोल उत्पादनको तयारी अन्तिम चरणमा पुगेको कम्पनीका महाप्रवन्धक रोभसकुमुम सुवेदीले जानकारी दिए । ‘सिटामोल उत्पादनका लागि दुई ओटा मेसिन जडान गरिसकेका छौं,’ उनले भने ‘अर्को मेसिन जडान गरेसँगै उत्पादन थाल्ने छौं ।’ भारतबाट मेसिन जडान गर्ने इन्जिनियर आएपछि काम सकिने सुवेदीले बताए ।

मेसिन जडान गर्ने इन्जिनियर बंगलादेश गएकोले ढिला भएको उनले जानकारी दिए । उनका अनुसार सिटामोल उत्पादनको लागि उद्योगलाई जीएमपीमा लैजाने तथा भुइँ चिल्लो पार्ने काम केही दिनमा सकिँदै छ ।

त्यसैगरी प्याकेजिङ र वितरणको लागि बोलपत्र सम्बन्धी काम सम्पन्न भइसकेको छ । कम्पनीले सिटामोलको कच्चा पदार्थ दुई महिना अघि नै ल्याइसकेको थियो । औषधि लिमिटेडले केही समय परीक्षणका रुपमा सिटामोल उत्पादन गर्नेछ । परीक्षण अबधिमा सम्पूर्ण मापदण्ड पूरा भएपछि मात्र व्यावसायिक उत्पादन थाल्ने सुवेदीले जानकारी दिए ।

त्यस्तै कम्पनीको योजनाअनुसार सिटामोल उत्पादन गरेसँगै अन्यऔषधि उत्पादनको तयारी थाल्ने छ । जसअनुसार फागुनदेखि जुकाको औषधि ‘अल्बेन्डाजोल’ उत्पादन गर्ने छ ।

उनकाअनुसार कम्पनीले हरेक महिना १/१ नयाँ उत्पादन थप्दै जाने योजना बनाएको छ । जुकाको औषधि पछि आइरन चक्की उत्पादन गर्नेछ ।

कम्पनीले विगतमा १सय २० प्रकारका औषधि उत्पादन गरेको थियो । त्यही संख्यामा पुर्याउने तथा आवश्यकताअनुसार थप नयाँ औषधि उत्पादन गर्ने कम्पनीको योजना छ । हाल औषधि लिमिटेडले जीवनजल उत्पादन गरिरहेको छ

प्रतिक्रिया दिनुहोस्
MBL