Logo

भारतमा पनि बिटक्वाइन प्रतिबन्ध, पेमेन्ट प्रणाली नै बन्द

भारतमा पनि बिटक्वाइन प्रतिबन्ध, पेमेन्ट प्रणाली नै बन्द


बिजखबर संवाददाता
1.1k
Shares

काठमाडौं । भारत सरकारले बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीे कारोबारमा बन्देज लगाएको छ । भारतीय अर्थमन्त्री अरुण जेट्लीले सन् २०१८/१९ को बजेट बक्तव्यमार्फत विटक्वाइनको कारोबारमा रोक लगाएका हुन् । ‘बिटक्वाइन तथा अन्य क्रिप्टोकरेन्सीको दबाब साम्य भएमा भारत सरकारले आफ्नो शक्तिले जेसुकै पनि गर्न सक्नेछ,’ उनको बजेट भाषणमा उल्लेख गरिएको छ, ‘भारतले यसलाइ गैरकानुनी रुपमा हेरेको छ ।’

सरकारले बिटक्वाइनलाई कानुनी रुपमा नलिएको जानकारी दिँदै यस्ता गैरकानुनी धन्दाको वित्तपोषण गर्ने क्रिप्टोएसेटलाइ निर्मुल पार्न जस्तोसुकै कदम चाल्ने जेट्लीले बताए । ‘गएको केहि महिना अघिदेखि बजारमा यसको अनावश्यक हल्ला छ,’ उनले भने, ‘हाल देशमा ठुलो संख्यामा रहेको बिटक्वाइन कारोबारका बारेमा भारतीय रिजर्भ बैंक तथा लगानिकर्ता चिन्तित छन ।’

भारतीय अर्थ मन्त्रालयले बिटक्वाइन सम्बन्धी कारोबारलाई ‘पोजी योजना’ भनेको छ । भारतीय रिजर्भ बैंकले भारतीय जनतालाई यो क्षेत्रमा वैधताको कमी भएकाले लगानीकर्ता अप्ठेरोमा पर्ने हुनाले यस क्षेत्रमा लगानी नगर्न चेतावनी समेत दिएको छ । अर्थ मन्त्रालयका अनुसार पोजी योजनामा देखिने केही संकेतहरु लगानीकर्ताको लागि उच्च जोखिम रहेको बताए । जसको परिणामस्वरुप लगानीकर्तालाई तत्कालिन या दिर्घकालिन खतरा हुन सक्छ ।

खासगरी खुद«ा व्यापरीले आफ्नो कडा मेहनतले कमाएको पैसा गुमाउने समस्या आउन सक्नेछ । २०१७ मा यसको उचाइ बढेको थियो अब यसलाइ ढाल्न सकिने छ । रसिया ताइवान तथा बोलीभियाले बिटक्वाइनमा कडा प्रतिबन्ध लगाइरहेको बेला चीनले जनवरीमा यस्ता पैसा नराख्ने योजना बनाइरहेको थियो । त्यसैले भारत सरकारबाट कुनै प्रकारको कार्बाही वा योजना नभएसम्म स्थानीय क्रिप्टोकरेन्सी कारोबारमा संलग्नहरु आफ्नो आशा जारी राख्ने भन्दै बन्देज लगाएको जानकारी दिएका छन ।

यसै हप्तादेखि सामाजिक संजाल फेसबुकले पनि आफ्नो साइटमा बिटक्वाइनको विज्ञापन राख्न प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL