Logo

कमजोर नियमन र भिडभाडले चीनतर्फ ‘सिफ्ट’ हुँदै सगरमाथा आरोही

कमजोर नियमन र भिडभाडले चीनतर्फ ‘सिफ्ट’ हुँदै सगरमाथा आरोही


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । केही बर्ष अघिसम्म नेपालबाट मात्र सगरमाथा आरोहण गर्न रुचाउनेहरु अहिले चीनतर्फको बाटो रोज्न थालेका छन् । नेपालको कमजोर नियमन तथा भिडभाडले सगरमाथा आरोहीहरु चीनतर्फ आकर्षित हुन थालेका हुन् ।

जसले गर्दा सगरमाथाको उत्तर तिब्बतबाट आरोहण गर्नेको संख्या बढेको पाइएको छ । दक्षिणी भागमा विशेषगरी अनुभव नभएका आरोहीहरुको भीड बढेको फिल क्रम्पटनले बताए । सोही कारण उनको अपरेटर अल्टिच्युट जुनकिइज कम्पनीले जनबरीमा नेपाल छोड्ने घोषणा गरेको छ । जुन नेपालबाट चीनतर्फ जाने तेस्रो संगठन हुने छ ।

पर्यटकको संख्यामा कमी आएसँगै यसरी अपरेटरहरु विस्थापित हुँदा पनि यसले नेपालको राजस्वमा समेत नकारात्मक असर पुर्याउने छ । विशेषगरी कम लागतमा स्थापना गरिएका अपरेटरहरु पछिल्लो समय च्याउ उम्रिएजस्तै फैलिएका छन् । यस्ता कम्पनीको नियमन गर्न विदेशी नेतृत्वको एभरेष्ट अपरेटरहरुले माग गरिरहेका छन् ।

जथाभावी रुपमा खुलेका कम्पनीहरुले सगरमाथाको रोमांचकतादेखि अनुभव नभएका आरोहीहरुलाई तालीम दिँदै आएका छन् । जसले गर्दा अदक्ष आरोहीहरु मृत्यु तथा दुर्घटनाका सिकार हुन पुग्छन् । हिमालयन डेटावेसका अनुसार पछिल्लो २ बर्षमा १० जना मृत्यु भएकामध्ये ७ जना आरोहीको च्याउसरी उम्रिएका अनुवन नभएका सस्ता अपरेटरले तालीम दिएका थिए ।
‘पछिल्लो केही बर्ष दक्षिण भागमा जे भएको छ त्यो राम्रो छैन,’ लुकास फुर्टेनबाकले भने, ‘जसलाई आफ्नो कम्पनीको सुरक्षाको चिन्ता छ उनीहरु गत बर्ष चीनतिर स्थानान्तरण भएका छन् ।’ नाम कमाएका चर्चित अपरेटरहरु गाइड तथा अपरेटरलाई निरीक्षण गर्न सुझाव दिन्छन् ।

त्यसो त हालै नेपालले एकल आरोही, अपांग तथा दृष्टिविहीनहरुका लागि नयाँ नियम ल्याएको छ । फर्टेनबचका अनुसार आरोहण गर्नेका लागिभन्दा पनि अपरेटरहरुका लागि नियम तथा नीति बनाउनु पर्दछ ।

यसैबीच चीनले सगरमाथाको उत्तर व्यापारका लागि खुल्ला भएको सन्देश पठाएको छ । ल्हासामा माउन्टेनरिङ तालीम केन्द्र समेत निर्माणाधिन अवस्थामा छ । जसले हेलिकप्टरबाट उद्धारको सेवा समेत उपलब्ध गराउने छ ।

हाल यो सुविधा नेपालमा मात्र सम्भव छ । नेपालले संघर्ष गरिरहेको विषयलाई चीनले सम्बोधन गर्न थालेको एड्रिन बलिंगरले बताए । जसले आफ्नो कम्पनीलाई तिब्बततिर स्थानान्तरण गरिसकेका छन् ।

तिब्बतमा राजनीतिक अवस्था अनुमान गर्न नसकिने भएकोले पहिला कुनै पनि कम्पनी त्यता जान चाहन्थेनन् । तर नेपालको अवस्थाले गर्दा त्यसतर्फ विस्थापन हुन बाध्य भएका हुन् । – अनुवाद, एफपी/ अनावेल सिमिङटन 

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL