Logo

भूकम्प पीडितलाई सहुलियत ऋण नदिने बैंकलाई कारबाही !

भूकम्प पीडितलाई सहुलियत ऋण नदिने बैंकलाई कारबाही !


बिजखबर संवाददाता
162
Shares

काठमाडौं । अब भूकम्प पीडितलाई सहुलियत दरको ऋण उपलब्ध नगराउने बैंकलाई कारबाही गरिने भएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सहुलियत दरको ऋण उपलब्ध गराउन निर्देशन दिएपछि बैङ्कर्स एशोसिएशनले यस्तो बताएको हो ।

प्राधिकरणमा, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैङ्क र बैङ्कर्स एशोसिएशनका प्रतिनिधिसँगको छलफलपछि यस्तो निर्देशन दिइएको हो । हालसम्म प्रमाणित भएका सात लाख ६७ हजार भूकम्प पीडितमध्ये ६ सय ५९ पीडितले मात्र यो सुविधा पाएका छन् ।

छलफलमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसालले ३ दिनभित्र ऋण दिने विधि र प्रक्रिया बैङ्कमा सार्वजनिक रुपमा टाँस गर्न निर्देशन दिए ।

अर्थ मन्त्रालयका प्रवक्ता रामशरण पुडासैनीले ऋणको ब्याज सरकारले दिने प्रतिबद्धता व्यक्त गरेको जानकारी दिए । नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले पीडितलाई ऋण दिँदा दुई प्रतिशत ब्याजबाहेक अन्य रकम लिन नपाउने व्यवस्था कार्यविधिमा गरिएको बताए ।

बैंकर्स एशोसिएशनका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गानाले सरकारसँग भएको सम्झौताअनुसार उपत्यकाका भूकम्प पीडितका लागि रू। २५ लाख र बाहिरका पीडितका लागि रू। १५ लाख नदिने बैङ्कलाई कारबाही गरिने बताए । रासस

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL