Logo

२१६ मेगावाटको माथिल्लो त्रिशुली-१ को पीपीए डलरमा

२१६ मेगावाटको माथिल्लो त्रिशुली-१ को पीपीए डलरमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले रसुवाको २१६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना विद्युत खरिद सम्झौता (पीपीए) गर्ने भएको छ । प्राधिकरणको बुधबार बसेको सञ्चालक समितिको  ७६५ औं बैठकले  यस्तो निर्णय गरेको हो ।

आयोजनाको प्रवर्द्धक नेपाल वाटर एन्ड इनर्जी डेभलपमेन्ट कम्पनी प्रालीसँग विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने निर्णय भएको प्राधिकरणका निर्देशक कुलमान घिसिङले जानकारी दिए ।

ऊर्जा मन्त्रालय र कम्पनीबीच २०७३ पुस १४ गते आयोजना विकास सम्झौता (पीडीए) भएको थियो । आयोजनामा कोरियन कम्पनीहरु, विश्व बैंक समूह अन्तर्गतको अन्तरराष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाली लगानीकर्ताको लगानी रहने बताएको छ ।

आइतबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै घिसिङले कम्पनीले परफरमेन्स ग्यारेन्टीबापत रु २१ करोड ६० लाख बुझाएपछि पीपीएमा हस्ताक्षर हुने जानकारी दिए ।

माथिल्लो त्रिशूली १सँग अधितकम १० वर्ष वा व्यवसायिक विद्युत उत्पादन सुरु दिन (सिओडी) देखि ऋण चुत्ता अवधि (पे(व्याक पिरियड) जुन अघि हुन्छ सोही अवधिसम्मका लागि मात्रै डलरमा पीपीए हुनेछ ।

यो अवधि सकिएपछि बाँकी पीपीए अवधिभर सबै रकम नेपाली रुपैयाँमा भुत्तानी हुने व्यवस्था गरिएकोे प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले आयोजनाको विद्युत सुक्खायाम र वर्षायामको क्रमशः ८.४० र ४.८० रुपैयाँ प्रतियुनिट दरमा किन्ने छ ।
रन अफ रिभर आयोजनाका लागि १६ मंसिरबाट १५ जेठसम्मको अवधिलाई सुख्खायाम र १६ जेठदेखि १५ मंसिरसम्मको अवधिलाई वर्षायाम कायम गरिएको छ ।

यस अघि नेपाल विद्युत प्राधिकरणले खिम्ती (६० मेगावाट), माथिल्लो भोटेकोसी (४५ मेगावाट, तल्लो सोलु (८२मेगावाट), माथिल्लो मस्र्याङदी ए (५० मेगावाट), कोबेली ए (३७.६ मेगावाट) र रसुवा–भोटेकोसी (१२० मेगावाट)जलविद्युत आयोजनाहरुका लागि अमेरिकी डलरमा भुक्तानी गर्ने गरी पीपीए गरेको छ । उक्त आयोजनाहरुमध्ये सञ्चालनमा आइसकेका खिम्ती, भोटेकासी र माथिल्लो मस्र्याङदी एको हालको  पीपीए दर प्रति युनिट क्रमश रु १०.९५, ११.१६ र ७.३५ रहेको छ । खिम्तीको रोयल्टी समेत प्राधिकरणले तिर्दे आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL