Logo

राष्ट्र बैंकमा सरुवा बढुवाको चटारो, कार्यकारी निर्देशकमा ८ जना नियुक्त हुँदै

राष्ट्र बैंकमा सरुवा बढुवाको चटारो, कार्यकारी निर्देशकमा ८ जना नियुक्त हुँदै


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सरुवा तथा बढुवालाई द्वूत गतिमा अघि बढाएको छ । लामो समयदेखि रिक्त रहेको कार्यकारी निर्देशक तथा निर्देशक पदमा कर्मचारी बढुवा गर्न लागिएको राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटीले जानकारी दिए ।

यसअघि राष्ट्र बैंकका विभिन्न ८ वटा विभाग कामु कार्यकारी निर्देशकले सम्हाल्दै आएका थिए । ती पदमा केही दिनभित्रै बढुवा गरेर पदपूर्ति गरिने शिवाकोटीले जानकारी दिएका छन् । ‘हामीले राष्ट्र बैंकमा तल्लो तहदेखि माथिल्लो तहसम्म सरुवा बढुवाका लागि गृहकार्य गरिरहेका छौं,’ उनले भने, ‘केही दिनभित्रै उक्त कार्यले मूर्त रुप पाउनेछ ।’

उनका अनुसार राष्ट्र बैंकले कामु कार्यकारी निर्देशकले सम्हाल्दै आएका विभिन्न ८ वटै विभागका कार्यकारी नियुक्त गरिने छ । यसैगरी विभिन्न ११ वटा विभागमा कामु निर्देशकले काम चाउँदै आएका छन् । ती स्थानमा पनि निर्देशक नियुक्त गरिने भएको छ । हाल धेरै विभागका कामुले काम चलाउँदै आएकाले धेरै स्थानमा सरुवा बढुवा हुने उनले जानकारी दिए ।

हाल राष्ट्र बैंकमा डा. नेफिल मताङगी मास्के, उपेन्द्रकुमार पौडेल, इजेन्द्रप्रसाद लुइटेल, भुवनेसप्रसाद पन्त, बासुदेव अधिकारी, गोपालप्रसाद भट्ट, निलम ढुङ्गाना र झलक शर्मा आचार्यले कामु कार्यकारी निर्देशकको भुमिका सम्हाल्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL