Logo

दाङमा बिहीबारदेखि तीन तारे स्तरको होटल माला इन सञ्चालनमा

दाङमा बिहीबारदेखि तीन तारे स्तरको होटल माला इन सञ्चालनमा


रक्षा रेग्मी
0
Shares

काठमाडौं । ‘इमर्जिङ’ सिटी दाङको घोराहीमा थ्री स्टार लेबलको होटल माला इन सञ्चालनमा आएको छ । होटलको बिहीबार औपचारिक उद्दघाटन गर्न लागिएको होटल माला इनका सञ्चालक ओबिन्द्र महराले जानकारी दिए ।

दाङको घोराहीमा सञ्चालनमा आएको सो होटल राप्ती अञ्चलकै सबैभन्दा ठूलो भएकोे उनको दाबी छ । होटल माला इन प्रालि नाममा सञ्चालनमा आएको होटल १५ करोड लगानीमा बनेको हो । तर, होटलको भवन तथा अन्य पूर्वाधार तथा जग्गासहितको लागत भने २६ करोड रुपैयाँ रहेको महराले जानकारी दिए ।

हाइवेको छेउमा रहेको होटलमा एसि रुम, सेमिनार हल, पार्किङ, लिफ्टलगायत सुविधा रहेका छन् । होटलमा ५१ ओटा स्टे रुम रहेको छ । त्यस्तै होटलमा १ सय १ ओटा बेड रहने छन् । त्यस्तै ४ ओटा मिटिङ हल र बार, रेष्टुराँलगायत सुबिधा रहेको छ । होटल माला इन प्राली ५ कठ्ठा जमिनमा निर्माण गरिएको हो ।

सो होटलबाट ३० जनाले रोजगारी पाउने उनले जानकारी दिए । दाङकै नमुना होटलको रुपमा सञ्चालन गर्न लागिएको सञ्चालक महराले बताए । होटलले आफ्नै ट्रिटमेन्ट प्लान्टसहितको खानेपानीको व्यवस्था गरेको छ । त्यस्तै होटलमा न्यूनतम २ हजारदेखि ७ हजार ५ सय रुपैयाँसम्मका कोठाहरु उपलब्ध छन् ।

 

होटलले थ्री स्टार मान्यताका लागि पर्यटन बोर्ड समक्ष निवेदन गरेको समेत सञ्चालक महराले जानकारी दिए । ‘पर्यटन बोर्डका पदाधिकारीहरुले एक पटक आएर अवलोकन समेत गरिसकेका छन्,’ उनले भने ‘ अब अर्को पटक आएपछी थ्री स्टारको मान्यता पाउनेमा विश्वस्त छु ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL