Logo

टेलियाको अडान, एनसेल बिक्री वापतको लाभकर तिर्नुपर्ने दायित्व छैन

टेलियाको अडान, एनसेल बिक्री वापतको लाभकर तिर्नुपर्ने दायित्व छैन


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । टेलियासोनेराले एनसेल बिक्री वापतको लाभकर तिर्ने दायित्व नरहेको स्पष्ट पारेको छ । टेलियाले आफ्नो वेव साइटमार्फत एनसेलको ८० प्रतिशत सेयर बिक्रीमा लाग्ने लभाकर तिर्ने दायित्व नभएको बताएको हो ।

कम्पनीले केही समयअघि स्वीडिस डेलीले लेखेको समाचारको प्रतिक्रिया दिँदै यस्तो बताएको हो । साथै कम्पनीको अडान पुरानै रहेको टेलियाले आफ्नो वेब पेजमा उल्लेख गरेको छ । विदेशमा भएको कारोबारमा कुनै पनि कर नलाग्ने समेत टेलियाले उल्ल्ेख गरेको छ ।

ठूला करदाता कार्यालयले एनसेलको ८० प्रतिशत सेयर बिक्रेता टेलियासोनेरालाई सेयर बिक्री गर्दाको लाभकर तिर्न १५ दिनको अल्टिमेटम दिएको थियो । गत बुधवार सार्वजनिक सूचना जारी गर्दै ठूला करदाता कार्यालयले टेलिया कम्पनीलाई लाभकर, ब्याज तथा फि समेत गरी पुष १८ सम्म उसको कर बक्यौता ६५ अर्ब ४० करोड ३१ लाख नाघेको र सो कर चुक्ता गर्न निर्देशन दिएको हो ।

कम्पनीले भने नेपालबाट बाहिरिएर आफुले कर तिर्नु पर्ने दायित्व नभएको बताउँदै आएको छ । टेलिया कम्पनीको स्विडेन स्थित मुख्यालयको नाममा कर कार्यालयले सूचना जारी गरेको हो ।

१५ दिन भित्र कर भुक्तानी नगरे आयकर ऐन २०५८ को दफा १०४ देखि १११ ले भने बमोजिमका प्रकृया अबलम्बन गरी कर असुल उपर गर्न कर कार्यालय बाध्य हुने ठूला करदाता कार्यालयको सूचनामा छ । सन् २००८ देखि २०१६ सम्म एनसेल टेलियाको मातहतमा रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL